साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुरमा पहिलो सुसेली गोष्ठी सम्पन्न

अध्यक्ष रामशरण न्यौपाने सभापति रहेको उक्त कार्यक्रममा असार १ गते नै जन्मदिन परेको हुनाले वरिष्ठ साहित्यकार हास्यव्यङ्ग्यकार डम्बर घिमिरेलाई उच्च सम्मानकासाथ मञ्चासिन गराइएको थियो ।

Nepal Telecom ad

भक्तपुर, ०८० असार १ । भक्तपुर सुसेली मञ्चले असार १ गते पहिलो सुसेली गोष्ठी सम्पन्न गर्‍यो । कार्यक्रम मध्यपुर नगरपालिका वडा नं ३ सिद्देश्वर सामुदायिक भवन कौशलटारमा भएको थियोे ।

अध्यक्ष रामशरण न्यौपाने सभापति रहेको उक्त कार्यक्रममा असार १ गते नै जन्मदिन परेको हुनाले वरिष्ठ साहित्यकार हास्यव्यङ्ग्यकार डम्बर घिमिरेलाई उच्च सम्मानकासाथ मञ्चासिन गराइएको थियो । दुर्गा अधिकारी भमरकाेटे, डा. रमेश शुभेच्छु, प्रा. देवीप्रसाद बास्कोटा, पशुपति दङ्गाल, गोविन्द प्रसाद निरौला, पवनकुमार पौडेल, बोधराज अधिकारी, कविराज घिमिरे, जीवनाथ अधिकारी, लालबहादुर भुजेल, तोयानाथ सुवेदी, सीता विष्ट कार्की, द्वारिका कुईकेल, चन्द्रा न्यौपाने, गणेश घिमिरे मार्मिक अतिथि रहनु भएको थियोे ।

भक्तपुर सुसेली मञ्चका सदस्य शालिकराम दाहालले असारे गीतबाट स्वागत गर्नुभएको कार्यक्रममा कविहरू दीनानाथ पोख्रेल, तेजकृष्ण श्रेष्ठ, बि के माकःजू, जीवनाथ अधिकारी,कृष्णप्रसाद पौडेल, मैया सुर्खेती, तोयानाथ सुवेदी, सुरेशचन्द्र घिमिरे, मधुसूदन प्रसाद घिमिरे, विश्वनाथ ढुङ्गेल, देवीरमण उपाध्याय, विजया खनाल दाहाल, डा.सीता बिष्ट कार्की, चन्द्रा न्यौपाने, डा. समीर कार्की, जानुका कोइराला, द्वारिका कुइँकेल, कविराज घिमिरे, छन्दविज्ञान निरौला, होमनाथ ढुङ्गेल, लालबहादुर भुजेल, ॐ नरहरि श्रेष्ठ, गणेश घिमिरे मार्मिक, दुर्गा अधिकारी भमरकोटे, शालिकराम दाहाल आदिेले रचना तथा मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

स्रष्टा सबैले भक्तपुर सुसेली मञ्च र साहित्यकार डम्बर घिमिरेलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा दिनेश घिमिरे, प्रमिला घिमिरे, सुवणर् आचार्य, अमृत बहादुर बुढाथोकी, इन्द्र माया श्रेष्ठ, गौरीशंकर भण्डारी, शिवप्रसाद अर्याल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा वाचन गरिएका सिर्जनाहरूको समीक्षा डा. रमेश शुभेच्छुले गहन किसिमले गर्नुभएको थियोे । राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले भक्तपुर सुसेली मञ्चका पदाधिकारीसँग सरसल्लाह गरि सुसेलीमा योगदान दिने साहित्यकारका निमित्त पुरस्कार स्थापना गर्ने जानकारी दिँदै साहित्यकार डम्बर घिमिरे र भक्तपुर सुसेली मञ्चलाई शुभकामना दिनुभएको थियो ।

साहित्यकार डम्बर घिमिरेले आफूलाई जन्मदिन मनाउने रहर नभएको तर शुभेच्छुक मित्रहरूले र साहित्यिक संस्थाहरूले बिगतदेखि जन्मदिन मनाउन लागेको स्मरण गर्दै सबैलाई धन्यवाद दिनुभएको थियोे ।

भक्तपुर सुसेली मञ्चका सचीव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको कार्यक्रममा सभापति रामशरण न्यौपानेले साहित्यकार डम्बर घिमिरेको ७९ औँ जन्मोत्सव मनाउन पाएकोमा खुसी ब्यक्त गर्दै घिमिरेलाई शुभकामनाका साथमा नवरसयुक्त नौ सुसेली वाचनकासाथ सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियोे ।

०००
– डिल्लीप्रसाद मुलतिहुन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x