साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुरमा पुस्तक लोकार्पण तथा कविगोष्ठी सम्पन्न

केन्द्रीय अध्यक्ष तथा प्राज्ञ डा. मधुसुदन गिरीको प्रमुख आतिथ्य तथा प्रलेस भक्तपुरका अध्यक्ष गणेश घिमिरे मार्मिकको अध्यक्षता तथा बुद्धिकुमार घो बिगुलबाट सञ्चालित तथा प्रलेस भक्तपुरका सचिव बाबुकाजी साछेँ श्रेष्ठले स्वागत गर्नुभएको थियाे ।

Nepal Telecom ad

भक्तपुर, २०८० असार २ । प्रगतिशील लेखक सङ्घ भक्तपुरको आयोजनामा आदर्श मावि, लाय्कु, ठिमीको सभाकक्षमा पुस्तक लोकार्पण तथा भव्य कविगोष्ठी सम्पन्न भयो ।

प्रलेसका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ डा. मधुसुदन गिरीको प्रमुख आतिथ्य तथा प्रलेस भक्तपुरका अध्यक्ष गणेश घिमिरे मार्मिकको अध्यक्षता तथा बुद्धिकुमार घो बिगुलबाट सञ्चालित तथा प्रलेस भक्तपुरका सचिव बाबुकाजी साछेँ श्रेष्ठले स्वागत गर्नुभएको उक्त समारोहमा प्रलेस भक्तपुरद्वारा प्रकाशित सामयिक सँगालो ‘आलोक’ पत्रिकाको प्रमुख अतिथि डा. गिरीले लोकार्पण गर्नुभयो ।

यसअघि फूलका बिरुवामा जलसिञ्चन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । लोकार्पित आलोक समसामयिक सँगालोका बारेमा प्रलेस भक्तपुरका पूर्व अध्यक्ष तथा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले विस्तारित रूपमा समीक्षात्मक टिप्पणी गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा उपस्थित कविहरूले आआफ्ना रचना वाचन गर्नुभयो । बिच बिचमा प्रलेस केन्द्रीय सचिवालय सदस्य वैरागी जेठा, युद्धप्रसाद मिश्र प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, वरिष्ठ साहित्यकार डम्बर घिमिरे, साझा प्रकाशनका पूर्व महाप्रबन्धक होमप्रसाद गौतमलगायतले कविता वाचनसहित शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा कविता वाचन गर्ने कविहरूमा १) डा. सीता सुवेदी पन्थी (मान्छे कहाँ हुन्छ र, शार्दूलविक्रीडित छन्द) २)लक्ष्मी थापा (फुल्नुको अर्थ, मुक्त छन्द) ३) ड इन्दुल केसी (शब्दचित्रमा, मुक्त छन्द), ४)जीवनाथ अधिकारी (लास, अनुष्टुप छन्द), ५)विश्वनाथ ढुङ्गेल (थोत्रा कपडा, गीतिलय) ६) होमप्रसाद गौतम (सलाम छ विद्रोह, मुक्त छन्द), ७)सुशीला प्रधानाङ्ग (देश, जनता र मानव बेच्नेहरू, मुक्त छन्द), ८)जानुका गुरागाईं (यो बुद्धको देशमा, शार्दूलविक्रीडित छन्द), ९)छन्दविज्ञान निरौला (छन्दविज्ञानशाला, मन्दाक्रान्ता छन्द) १०)लालबहादुर भुजेल (आफ्नै बिर्ता ठान्छौ, मुक्त छन्द), ११)टीका श्रेष्ठ (अनुत्तरित प्रश्न, मुक्त छन्द), १२)पर्शुराम घिमिरे (लघुकथा, कुकुरको संस्कार), १३)डिल्लीप्रसाद मूलतिहुन (कार्यक्रम, शिखरिणी छन्द), १४) नन्दु उप्रेती (माकुराकी आमा, मुक्त छन्द, १५)शालिकराम दाहाल (बनाऊँ देश जब्बर, गीति लय), १६)दीनानाथ पोख्रेल (दुखेसो, भुजङ्गप्रयात), १७) डम्बर घिमिरे (खाऊँ कि नखाऊँ, भुजङ्गप्रयात छन्द) हुनुहुन्थ्यो ।

कवितावाचन सकिएपछि प्रलेसका वागमति प्रदेश अध्यक्ष डा हरिप्रसाद सिलवालले वाचित कविताहरूको विशद् समीक्षा गर्नुभयो । उहाँले वाचित कविताका सम्पूर्ण पक्ष केलाउँदै विश्लेषणात्मक चर्चा गर्नुभयो ।

अन्तमा प्रमुख अतिथि डा. गिरीले सम्बोधन गर्दै प्रगतिशीलतामा ध्वंसात्मक आलोचनाका सट्टा रचनात्मक आलोचना आवश्यक रहेको औँल्याउँदै आशावादिता र वर्गीय चेतना यसका मूलमर्म भएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष गणेश घिमिरेले कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम सकिएपछि ऐतिहासिक तलेजु मन्दिरका पासमा सामूहिक तस्बिरसमेत खिचिएको थियो ।

०००
– जीवनाथ अधिकारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
0
Would love your thoughts, please comment.x
()
x