साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानीमा फोटो प्रदर्शनी

ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सो प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार २ । अरुपण आर्ट ग्यालरी नेपालले ‘मेमोरी अफ सिड्नी-अस्ट्रेलिया ट्राभल’ को फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गर्‍यो । रमणीय महादेश अस्ट्रेलियाको सिड्नी, क्यानबरा, गोल्डकोस्ट, व्रिसबेन, कफ हार्वर लगायतका ठाउँहरूको भ्रमणका तस्वीरहरूको प्रदर्शन गरिएको हो ।

ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सो प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथि लेकालीले “अस्ट्रेलिया भ्रमणको फोटो प्रदर्शनीले आफूले दुईपटक अस्ट्रेलिया भ्रमण गर्दाको अनुभूति ताजा भएको र यस्तो प्रदर्शनीले अस्ट्रेलिया नजानेहरूका लागि “फोटो यात्रा”को अनुभूति हुने बताउनु भयो ।

वरिष्ठ कलाकार एवं कला समीक्षक रमेश खनाल र ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालले आफ्नो अस्ट्रेलिया भ्रमणलाई फोटो यात्राको रुपमा यस प्रदर्शनीको आयोजना गर्नु भएको हो ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, प्रिन्सिपल नारायण कार्की, समिरकुमार रिमाललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नाटककार मुकुन्द हरि रिमाल, साहित्यकार कमल सुवेदी, पत्रकार सुशीला तामाङसहित नन्दी मा.वि. का विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ग्यालरीका अध्यक्ष वरिष्ठ कलाकार प्राज्ञ रमेश खनालले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन सरोज खनालले गर्नु भएको थियो ।

ग्यालरीले प्रशिक्षण, आर्ट प्रदर्शनी, काव्य साँझ, सम्वादलगायतको कार्यक्रम गर्दै आएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x