साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता

हाम्रो शिरमाथि चढेर एक जोर कालो जुत्ता घोषणा गर्दै छ सगर्व- देशवासीहरू हो हामीले कसम पूरा गरेका छौं यो देशलाई पूरै बदलेका छौं ।

Nepal Telecom ad

विमल निभा :

देशलाई बदल्छु भनेर
कसम खानेहरूले
एकाएक बदलेका छन् आफ्ना जुत्ता

जुत्ताको रङ छ कालो
विश्वासघातको रङ पनि
कालो नै हुन्छ
र काला रातहरूमा
उत्सव मनाउँछन्
दलाल, पाखण्डी, भाट,
बेइमान र जुवाडेहरू

दुष्ट जादुगरले
उचाल्यो चमत्कारी लट्ठी
घुमायो वायुमण्डलमा
र हामीले हेर्दाहेर्दै गायब भयो
यो देशको शरीरबाट
सबभन्दा नरम छाला
त्यसपछि सफल षड्यन्त्रकारी
र त्यसका अनुचरहरूले लगाए
त्यही छालाबाट निर्मित
जुत्ता

हिजोआज जताततै
काला जुत्ताहरूले कुल्चिरहेका छन्
पहाड, उपत्यका र तराईको करङ
यही करङलाई भञ्ज्याङ
बनाएर पुगेका छन् जुत्ताधारीहरू
सबभन्दा माथिल्लो तलामा

एउटा विशाल कक्षमा
सजाएर राखिएको छ स्वणर्ासन
जसको दुवैतिर तैनाथ छन्
हिंस्रक वनमानुषहरू
बन्दुक र बर्दीमा

अब दृश्य परिवर्तन हुन्छ
कृपया ध्यान दिनोस्
कविताका मेरा प्रिय पाठकहरू !

हाम्रो शिरमाथि चढेर
एक जोर कालो जुत्ता
घोषणा गर्दै छ सगर्व-
देशवासीहरू हो
हामीले कसम पूरा गरेका छौं
यो देशलाई पूरै बदलेका छौं ॥

०००
‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०७५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x