सुलसुलेमहेन्द्र उपाध्यायको उपन्यास ‘मिन्झारी’ माथि विमर्श
काबु क्रियशनको आयोजनामा सुरु भएको मिन्झारी विमर्शको वक्तामा राजनीतिज्ञ रेशम चौधरी, लेखक ओम रिजाल, लेखक नवीन विभास, अधिवक्ता गीता चौधरी र कवि देवव्रत रहनु भएको थियो ।

काठमाडौं, ०८० असार २ । कालिकास्थान स्थित सर्वनाम थिएटरमा महेन्द्र उपाध्यायद्वारा लिखित मिन्झारी उपन्यासको विमर्श सम्पन्न भएको छ । काबु क्रियशनको आयोजनामा सुरु भएको मिन्झारी विमर्शको वक्तामा राजनीतिज्ञ रेशम चौधरी, लेखक ओम रिजाल, लेखक नवीन विभास, अधिवक्ता गीता चौधरी र कवि देवव्रत रहनु भएको थियो ।
मिन्झारी विमर्शमा बोल्दै राजनीतिज्ञ एवम् लेखक रेशम चौधरीले थारू जाति दबिएकै जातिका रुपमा छ, मिन्झारीले थारुका कुरा बोलेको पाएँ, लेखकको कलमले अझै निरन्तरता पाओस् भन्दै शुभकामना दिनुभएको छ ।
त्यस्तै लेखक नवीन विभासले भने टीकापुर शहरको मृत्यु भैसकेको थियो जुन बेला मैले टीकापुर घुम्ने अवसर पाएको थिएँ भन्दै तर मिन्झारी जमिन्दार भएर पनि थारूको विषयमा लेखिएको उपन्यासको रुपमा लिएको बताउनु भएको छ ।
उक्त मिन्झारी विमर्शमा लेखक ओम रिजालले मिन्झारी भित्र सरकारी कर्मचारीहरूको यथार्थ कुरालाई उठाइएको बताउँदै कर्मचारीतन्त्र सुध्रिनु पर्ने बताउनु भयो ।
त्यस्तै अधिवक्ता गीता चौधरीले मिन्झारी एउटा मालिकको आँखाले कमैयामाथि लेखिएको उपन्यास भएको बताउनु भयो ।
उक्त कार्यक्रममा कवि देवव्रतले म भन्ने पात्र हावी भएको पाएँ तर बडको पात्रका रुपमा उपन्यास हावी हुनुपथ्र्यो उहाँले बताउनु भयो । डिजिटल रैबार मिडिया पार्टनर रहेको कार्यक्रमको सहजीकरण प्रकाश किरणले गर्नु भएको थियो ।
काबु क्रियशनद्वारा प्रकाशित मिन्झारी उपन्यास तीन महिना अघि राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा लोकार्पण भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































