साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सलमान रुश्दीलाई जर्मन बुक ट्रेडको शान्ति पुरस्कार

जर्मन बुक ट्रेडको शान्ति पुरस्कार सन् २०२३ को लागि ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीलाई प्रदान गरिन लागिएको हो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार ७ । ‘मिडनाइट्स चिल्ड्रेन’ र ‘द सैटानिक भर्सेस’ का प्रसिद्ध ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दी जर्मन बुक ट्रेडको शान्ति पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।

जर्मन बुक ट्रेडको शान्ति पुरस्कार सन् २०२३ को लागि ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीलाई प्रदान गरिन लागिएको हो ।

पुरस्कारको बोर्ड अफ ट्रस्टीको अनुसार “सन् १९८१ मा उहाँको उत्कृष्ट कृति ’मिडनाइट्स चिल्ड्रेन’ प्रकाशित भएको क्षणदेखि प्रवास र विश्वव्यापी राजनीतिको व्याख्याले हामीलाई छक्क पार्नु भएको छ । आफ्ना उपन्यासहरू र गैर-आख्यानहरूमा, उहाँले कथात्मक दूरदर्शितालाई निरन्तर साहित्यिक नवीनता, हास्य र बुद्धिको साथ मिलाउनु हुन्छ । उहाँको काम, व्यक्तिगत मानव जातिले प्रदर्शन गरेको प्रतिरोधको अविनाशी भावनालाई मनाउँदै सम्पूणर् समाजलाई ध्वस्त पार्न दमनकारी शासनहरूले प्रयोग गरेको शक्तिको इतिहास प्रस्तुत गर्दछ ।”

७६ वर्यीय उहाँमाथि पोहोर आक्रमण पनि भएको थियो जसमा उहाँको एउटा आँखाको दृष्टि गुमेको छ ।
जर्मन बुक ट्रेडको शान्ति पुरस्कार, २५ हजार यूरो (अर्थात् नेपाली ३६ लाख रुपैयाँ)को साथ आउँदो अक्टोबर महिनामा आयोजित गरिने प़m्रयाङ्कफर्ट पुस्तक प्रदर्शनीको समारोहमा हस्तान्तरण गरिनेछ ।

गत वर्ष यो पुरस्कार युक्रेनी लेखक सेर्ही झादानलाई दिइएको थियो । त्यसअघि मार्गरेट एटवुड, ओरहान पामुक, सुसान सोन्टाग, आमोस ओज, भाक्लाभ ह्याभेलले पनि उक्त पुरस्कार प्राप्त गरिसकेका छन् ।

०००
स्रोत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x