सुलसुलेराष्ट्रिय कविता महोत्सवका लागि छनौट गरिए २५ कविता
नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको कविता महोत्सव- २०८० का लागि छनौटमा परेका कविताहरू सार्वजनिक गरेको छ ।

काठमाडौँ, ०८० असार ७ । नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको कविता महोत्सव- २०८० का लागि छनौटमा परेका कविताहरू सार्वजनिक गरेको छ ।
छनोटमा परेका कविताहरूमा नेपाली भाषातर्फ अविनाश भट्टराई/पाइतालाहरू, उमा शर्मा/त्यो दिनको तयारी, कमल विवश मगर/कम्ब्याट, कृपाकरुणा पोखरेल/रक्तिम, उमेश पुन/छोरी, सिमाना र देश, गोविन्दप्रसाद आचार्य/तिम्रो नजरमा, जीवन आरोही/प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्मा/कविले के सम्झियो ?, दिनेश राई/पोक्ची दिदीको कथा, नवीन अभिलाषी/भेरी अभिशप्त बगिरहेछ, पूणर् सन्ध्या समाधि/खोला र लाली गुँरास, प्रकाश दिप्साली राई/नौरानको नाम, प्रदीप योङहाङ/पृथ्वीको प्रोटेट चित्र, राधिका कल्पित/परिचयपत्र, शर्मिला दुलाल/एउटा गीत, सञ्जित फलाना/आदिवासी डाँडा, सुन्दर शिरीष/एकप्रदेशी बकपत्र, सुवास सङ्गम राई/माटोको उचाइ रहेका छन् ।
त्यसैगरी मातृभाषातर्फ लिम्बू मातृभाषामा इन्दु फोम्बो/केसेम्बा निङ्वाहा, खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर (समीप वैरागी)/हुन्के बे बड्डा, नेपाल भाषामा दिलकुमारी डङ्गोल/विश्वासया पःखाः, चाम्लिङ भाषामा बादलदेवी चाम्लिङ/तोक, थामी भाषामा रमेश थामी/छड्के सलाम / झोला, डोटेली भाषामा खिमानन्द जोशी/मूई गोठ नाइँ झान्या हुँ, डोटेली भाषामा पूणर्चन्द्र ओझा/सन्निको मान्स, राष्ट्रिय कविता महोत्सव-२०८०का लागि छनौटमा परेका छन् ।
साथै, इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्याएर कविता पठाएको पाइएको छ र ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता भएको प्रज्ञा प्रतिठानले जनाएको छ ।
यी कविताहरूको मूल्याङ्कन गरी छनोट समितिले २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि छनोट गरेको छ । छनौटमा परेका कविताहरू यही २०८० साल, असार ९ गते, शनिबार आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा बाचन गरिने छन् । यी वाचित कविताहरू मध्येबाट १० जना कविका उत्कृष्ट कवितालाई छनौट गरी पुरस्कृत गरिने छ ।
यस दशकमै सर्वाधिक कविहरूले नेपाली भाषा/मातृभाषाका कविता पठाएर समावेशी स्वरूपको “राष्ट्रिय कविता महोत्सव-२०८०” लाई अनुमोदन गरेका छन् । यसपटक महोत्सवका लागि छनौट भएका २५ वटा कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका ७ वटा र नेपाली भाषामा १८वटा कविता छानिएका छन् । यसपटकको राष्ट्रिय कविता महोत्सवमा कविहरूको यस दशककै सर्वाधिक सहभागिता रहेको पनि प्रतिष्ठानले जनाएको छ ।
०००

Subscribe
Login
0 Comments
Oldest












































