साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुला मान्छे

नीति-नियम कानुन यी निमुखालाई बार लुटेराले जित्छन् सधैं कानुनी दरबार पैसा पैसा एकोहोरो कति मरिहत्ते मृत्यु भन्दा ठुला मान्छे पैसा अन्तिम सत्य ?

Nepal Telecom ad

छायादत्त न्यौपाने :

हामी कति ठुला मान्छे हात्ती भन्दा ठुला
साँच्चै ठुला लामा मान्छे अजिङ्गर झैं ठुला
राजनीतिमा ठुलै ठुला वकिल उस्तै ठुला
कर्मचारी महा ठुला अगस्तिझैं ठुला

स्वास्थ्यकर्मी झनै ठुला पैसाची हुन् ठुला
सेवाधर्म पैसामुखी घरै घरका ठुला
सुरक्षामा ठुलाकै भीड कानुन झैँ ठुला
आमा बेथा सुन्नु छैन आफ्नै लागि ठुला

छेकेझैं बिरुवालाई वनका सिमलले
झोपडी छेके यहाँ गाउँकै मानिसले
शिक्षक नि ठुलै मान्छे पार्टी गीत गाउने
कर्म छाडी झोला बोकी नेता पछि लाउने

जनता झन् ठुलै मान्छे कर्म गर्नु हुन्न
बिदेसिने रहर बढ्यो स्वाभिमान छुन्न
उत्पादन छैन कतै आश्रयमा बाँच्ने ?
मान्छे सबै राजारानी पानी कसले भर्ने ?

समाजसेवा न्यायाधीश सानो को हुने हो
राजनीति खोल नभई सिरक नबन्ने भो
घेुसपेस जुवा तास राजनीति आड
देश खोक्रो जन धोक्रो कस्तो फलीफाप

नीति-नियम कानुन यी निमुखालाई बार
लुटेराले जित्छन् सधैं कानुनी दरबार
पैसा पैसा एकोहोरो कति मरिहत्ते
मृत्यु भन्दा ठुला मान्छे पैसा अन्तिम सत्य ?

०००
पर्वत, हाल – काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x