साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्पतालमा वीभत्स हवाइ हमला, ५०० जनाको मृत्यु

इजरायलले मगङ्लबार अल–अहली अरब अस्पतालमा हवाइमार्फत बमबारी गरेको हो। अस्पतालका बिरामी र शरण लिएका बिस्थापितहरु गरी करिब ५०० जनाको मृत्यु भएको छ।

Nepal Telecom ad

प्यालेस्टाइनको गाजास्थित एक अस्पतालमा इजरायलले आक्रमण गरेको छ। आक्रमणमा परी करिब ५०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जानकारी दिएका छन्।

अलजजिराका अनुसार इजरायलले मगङ्लबार अल–अहली अरब अस्पतालमा हवाइमार्फत बमबारी गरेको हो। अस्पतालका बिरामी र शरण लिएका बिस्थापितहरु गरी करिब ५०० जनाको मृत्यु भएको छ।

इजरायलको एकै आक्रमणमा मारिने प्यालिस्टानीको संख्या सन २००८ पछि अहिलेसम्मकै धेरै रहेको अलजजिराले जनाएको छ।

घटनापछि आक्रमणको अन्तर्राष्ट्रयि रुपमा निन्दा भइरहेको छ। बमबारीबाट भएको विनाशको तस्बिर सामाजिक सञ्जालमा फैलिएको छ।

अलजजिराले खिचेको तस्बिरमा अस्पताल परिसरमा शवहरू सेतो झोलाभित्र तथा कपडाले छोपेको अवस्थामा छलरपस्ट देखिन्छ।

घाइते अवस्थाका बालबालिकालाई बोकेर दौडाइरहेको पनि देखिन्छ।

गाजा स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणपछि डरले हजारौँको संख्यामा सर्वसाधारणहरुले विभिन्न अस्पतालमा शरण लिएको जानकारी दिएको छ।

०००
समाचार श्राेत : हेल्थपाटी डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x