अन्जु शर्माबाको बरको रूख
अचानक काकाले एउटा घोषणा गर्नुभो करौंतीवाललाई बरको फेदमा आमसभा गराउनुभयो । यो सबैको साझा रूख हो यसको उपभोग सबैको अधिकार हो ।

अन्जु शर्मा :
बा ! समाजसेवी विचारक हो
त्यसैले बाको मान्यता थियोे –
जनतालाई एउटा छहारी चाँहिन्छ
सायदै त्यसको परिणाम
बाले बरको रूख रोप्नुभाथ्यो ।
बा बरको रूखलाई सधैँभरि
मलजल गरिरहनुहुन्थ्यो ।
जसको परिणाम बरको रूख
निकै मजाले फस्टाएको थियोे ।
झाङ्गिएको बरको ओतमा बसेर
सबै गाउँलेहरू दुःख सुखका कुरा साट्थे ।
बा मनमनै दङ्ग पर्नहुन्थ्यो
बल्ल त गाउँले एक हुने
एउटा चौतारी बन्यो ।
बा संग गाउँले धेरै खुशी थिए
किनकि बा राजनीति, कुटनीतिदेखि
विभित बिषयमा गाउँलेलाई
जानकारी गराउनु हुन्थ्यो।
एकदिन को कुरा हो-
एकहुल अपरपचित यूवा
बरको रूख काट्न भनेर आए ।
बाले आफूले हुर्काएको बिरुवा
काट्न दिन्न भन्नुभयो ।
करौंतीधारी यूवाहरूले
जबर्जस्ती काट्ने प्रयास गरे
बाले रूख समाएर बस्नुभो
तर तिनीहरूले रूख त छाडिदिए
बालाई रूखमा बाँधेर करौंती लगाए ।
म र मेरी आमा डरले काप्दै
घरभित्र पसि ढोका लगायौं।
करौंतीवाल ढोका फोडेर भित्र पसे
सम्झेँ आमा र मेरो पनि आज अन्तिम दिन हो ।
तर त्यसो भएन,
खोरबाट घोर्ले खसी निकालेर काटे
आमालाई मासुभात पकाउन भने ।
मेरी आमाले बाको मृत्युमा
न त सिन्दुर पुछ्नु पाउनु भो
न त खुलेर आँसु झार्न नै ।
बाको मृत्यु सँगै बरको
रूख निस्ताउन थाल्यो ।
म सानै भए पनि
बाको अस्तित्व जोगाउन
बरको रूखमा मलजल गर्दै थिए ।
अचानक काकाले एउटा घोषणा गर्नुभो
करौंतीवाललाई बरको फेदमा
आमसभा गराउनुभयो ।
यो सबैको साझा रूख हो
यसको उपभोग सबैको अधिकार हो ।
त्यसैले हिजोआज करौंतीवाल
ओत लाग्ने निहुँमा
पटकपटक बरको हाँगा लुछ्ने गर्छन् ।
मलाई कताकता डरले सताइरहन्छ
कतै यिनीहरूले यो रूखलाई
काटेर त लैजाँदैनन् ??
०००
रातोपुल
Subscribe
Login
0 Comments
Oldest






































