साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाको बरको रूख

अचानक काकाले एउटा घोषणा गर्नुभो करौंतीवाललाई बरको फेदमा आमसभा गराउनुभयो । यो सबैको साझा रूख हो यसको उपभोग सबैको अधिकार हो ।

Nepal Telecom ad

अन्जु शर्मा :

बा ! समाजसेवी विचारक हो
त्यसैले बाको मान्यता थियोे –
जनतालाई एउटा छहारी चाँहिन्छ
सायदै त्यसको परिणाम
बाले बरको रूख रोप्नुभाथ्यो ।

बा बरको रूखलाई सधैँभरि
मलजल गरिरहनुहुन्थ्यो ।
जसको परिणाम बरको रूख
निकै मजाले फस्टाएको थियोे ।

झाङ्गिएको बरको ओतमा बसेर
सबै गाउँलेहरू दुःख सुखका कुरा साट्थे ।
बा मनमनै दङ्ग पर्नहुन्थ्यो
बल्ल त गाउँले एक हुने
एउटा चौतारी बन्यो ।

बा संग गाउँले धेरै खुशी थिए
किनकि बा राजनीति, कुटनीतिदेखि
विभित बिषयमा गाउँलेलाई
जानकारी गराउनु हुन्थ्यो।

एकदिन को कुरा हो-
एकहुल अपरपचित यूवा
बरको रूख काट्न भनेर आए ।
बाले आफूले हुर्काएको बिरुवा
काट्न दिन्न भन्नुभयो ।

करौंतीधारी यूवाहरूले
जबर्जस्ती काट्ने प्रयास गरे
बाले रूख समाएर बस्नुभो
तर तिनीहरूले रूख त छाडिदिए
बालाई रूखमा बाँधेर करौंती लगाए ।

म र मेरी आमा डरले काप्दै
घरभित्र पसि ढोका लगायौं।
करौंतीवाल ढोका फोडेर भित्र पसे
सम्झेँ आमा र मेरो पनि आज अन्तिम दिन हो ।

तर त्यसो भएन,
खोरबाट घोर्ले खसी निकालेर काटे
आमालाई मासुभात पकाउन भने ।
मेरी आमाले बाको मृत्युमा
न त सिन्दुर पुछ्नु पाउनु भो
न त खुलेर आँसु झार्न नै ।

बाको मृत्यु सँगै बरको
रूख निस्ताउन थाल्यो ।
म सानै भए पनि
बाको अस्तित्व जोगाउन
बरको रूखमा मलजल गर्दै थिए ।

अचानक काकाले एउटा घोषणा गर्नुभो
करौंतीवाललाई बरको फेदमा
आमसभा गराउनुभयो ।
यो सबैको साझा रूख हो
यसको उपभोग सबैको अधिकार हो ।

त्यसैले हिजोआज करौंतीवाल
ओत लाग्ने निहुँमा
पटकपटक बरको हाँगा लुछ्ने गर्छन् ।
मलाई कताकता डरले सताइरहन्छ
कतै यिनीहरूले यो रूखलाई
काटेर त लैजाँदैनन् ??

०००
रातोपुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x