चट्याङ मास्टरकमाउने कि समाउने ?
भन्सारमा चरेस, सुन, डलर हेर्थ्यौं , कमाउँथ्यौं । समझदारीअनुसार छोड्थ्यौं या त समाउँथ्यौं । बारुद-बन्दुक ल्याउन थाले, छोड्ने हो कि समाउने ?

उहिले गौचरण भन्थे अहिले भंसार भन्दछन्,
उहिले गोरु अघाउने ठाउँ, अहिले मान्छे अघाउँछन् ।
चर्ने ठाउँ भयो चोर्ने, दुधालु गाई तस्करी,
समात्नेले कमाउने र छोडाउनेले जोड्न बेस्करी ।
भन्सारमा चरेस, सुन, डलर हेर्थ्यौं , कमाउँथ्यौं ।
समझदारीअनुसार छोड्थ्यौं या त समाउँथ्यौं ।
बारुद-बन्दुक ल्याउन थाले, छोड्ने हो कि समाउने ?
समझदारी खोइ यसमा, कसले कति कमाउने ?
त्यत्रो जहाज लगे तिनले फुट्या कौडी नदिइकन ।
आउन् फेरि किन छोड्थ्यौं पहिल्यै पैसा नलिइकन ।
बत्तिसपुतली, काठमाडौ
Subscribe
Login
0 Comments
Oldest


































