साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध तनको युवा चाहना

मलाई पुस्तक बनेर हरेकको मस्तिष्कमा पुग्न मन छ । मलाई तिम्रो जवानीभित्र आफ्नो अनुभव र उर्जा मिसाएर मभित्रको तिमी र तिमीभित्रको ‘म’ भएर बाँच्न मन छ । के तिमी वृद्ध तनको जवान चाहना पूरा गर्न सक्छौ ??

Nepal Telecom ad

हिजोको अथाह चमक बोकेको
म आजको अँध्यारो हुँ,
मलाई सुम्सुम्याएर हेर,
मभित्रको उर्जा
तिमी स्वयम् भएर देख्नेछौ ।

चाहेर पनि
अटाउन नसक्ने पानामा
म सिर्जना हुँ,
म स्रष्टा हुँ ।

मसित गफिएर हेर,
मेरा हर शब्दहरू, अनुभवहरू
तिम्रा नसा नसामा
धमनी र शिराहरूमा
रगत र अक्सिजन बनेर
बगिरहेको महसुस गर्नेछौ ।

हो,
सक्छौ भने
मोबाइललाई दिने समय
मलाई दिएर हेर,
मलाई सुम्सुम्याएर हेर,
मलाई पढेर हेर ।

खोज,
मभित्रका सम्भावनाहरू
मेरो बुढ्यौलीभित्रको
ज्ञान, जवान र उर्जा ।

मलाई पुस्तक बनेर
हरेकको मस्तिष्कमा पुग्न मन छ ।
मलाई तिम्रो जवानीभित्र
आफ्नो अनुभव र उर्जा मिसाएर
मभित्रको तिमी र तिमीभित्रको
‘म’ भएर बाँच्न मन छ ।

के तिमी वृद्ध तनको
जवान चाहना
पूरा गर्न सक्छौ ??

०००
लालबन्दी -८, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x