साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालमा नपाइने खुसी

बसिराछौँ मृत्यु कुरि कहिले जाला जीवन हाम्रो बुढेसकालको सहारामा नपाइने खुसी राम्रो ।

Nepal Telecom ad

१
हिँड्छु भन्ने पाइलानै छोडिसके टेकनलाई
अक्षरका भावहरू मोडिसके लेखनलाई ।
स्वच्छ जीवन पारखीमा सवै थिए माया हाम्रा
बुढेस कालको सहारामा नपाइने खुसी राम्रा ।

२
आँसु मेरा धेरै झरे देख्न छोडे नयनले
साथ मलाई छोड्दै गए कर्म र वचनले ।
थिर हुन्न मनको वह कोहि छैन भन्नू हाम्रो
बुढेस कालको सहारामा नपाइने खुसी राम्रो ।

३
पिर सुर्ता जति गर्यो त्यतिनैछ आत्मग्लानि
माया मोह तोडिदैछ मात्र बाँकि एउटा प्राणि ।
वृद्धा जीवन देख्यौ रोगि के को आशा छर हाम्रो
बुढेसकालको सहारामा नपाइने खुसी राम्रो ।

४
चल्नहल्न सकिँदैन आफू पनि कतै तिर
पारिवारिक झमेलाले सधै मन भित्र पिर ।
कहाँ गई ठोक्किने हो लक्ष छैन कतै हाम्रो
बुढेस कालको सहारामा नपाइने खुसी राम्रो ।

५
कोहि भन्छन् अविवेकी कोहि भन्छन् साहु मारा
खुसी वचन छैन कहिले रिसै गर्छन् मलाई सारा ।
छोड्न पनि नसकिने कस्तो रैछ देह हाम्रो
बुढेशकालको सहारामा नपाइने खुसी राम्रो ।

६
एक डल्लो पिठो खान वचन राम्रो भए हुन्थ्यो
स्वर्ग जस्तो महलमा नत्र मन किन रुन्थ्यो ।
ईराधामा अल्झिएन सुख भोग गर्ने हाम्रो
बुढेसकालको सहारामा नपाइने खुसी राम्रो ।

७
हाँसिखेली बित्यो जीवन सुख भोग गर्न पाइनँ
लाला बाला हुर्काउँदैमा जीवन अन्त सर्न पाइनँ ।
बन्धक झै बित्यो जीवन तर हाँसि खेल हाम्रो
बुढेसकालको सहारामा नपाइने खुसी राम्रो ।

८
पढ्दै बढ्दै हुर्कि गयौ माया तिम्रै हुन्छ हुन्छ
बुढेसकालमा सवले छाड्यौ हृदय त रुन्छ रुन्छ ।
कसोगरि खाने होला कस्तो रैछ कर्म हाम्रो
बुढेसकालको सहाराले नपाइने खुसी राम्रो ।

९
हाम्रा लागि के नै छ र उमेरले डाँडा काट्यो
पारिवारिक साथ छैन हाम्रो मन त्यसै फाट्यो ।
माया मोह हुन्न रैछ जति भए पनि हाम्रो
बुढेसकालको सहाराले नपाइने खुसी राम्रो ।

१०
हिजो थियौं हामी पनि जवानीका धनी
आज छोरा छोरी हिँडे अरुकैका बनी ।
बसिराछौँ मृत्यु कुरि कहिले जाला जीवन हाम्रो
बुढेसकालको सहारामा नपाइने खुसी राम्रो ।

०००
सूर्यविनायक, बालकोट
९८४१४६४४५७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x