सुलसुलेडा. इनु महत खड्काका कृतिहरू लोकार्पित
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ समालोचकहरू प्रा. डा. कृष्णप्रसाद दाहाल, प्रा.डा. गोविन्दमान सिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

काठमाडौं, ०८० वैशाख १६ । स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले हिजो गते साँझ अरनिको भिलेज रिसोर्ट प्रा. लि. भक्तपुरमा आयोजना गरेको साहित्यकार डा. इनु महत खड्काका अनुसन्धानात्मक कृतिहरू “घनश्याम राजकर्णिकार : नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना“ र “पूर्वीय संस्कृति र दर्शन” को लोकार्पण सम्पन्न भयो । दुबै कृतिहरूको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी.ले गर्नु भएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ समालोचकहरू प्रा. डा. कृष्णप्रसाद दाहाल, प्रा.डा. गोविन्दमान सिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । यसैगरी समालोचकहरू डा. शान्ति गिरी, नीलकण्ठ भूषाल र प्रा. डा. देवमणि भट्टराईले पनि दुबै कृतिकाबारे आआफ्नो पाठकीय टिप्पणी गर्नु भएको थियो ।
वरिष्ठ नियात्राकार युवराज नयाँघरेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र के.सी., अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, कृतिका लेखक डा. इनु महत खड्का, पुस्तकका प्रकाशक अरनिको भिलेज रिसोर्ट प्रा. लि.का अध्यक्ष माधवकुमार खड्कालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा लेखक डा. इनु महत खड्का, प्रकाशक माधवकुमार खड्का, पुस्तकका सम्पादक प्रा.डा. कृष्णप्रसाद दाहाललाई मायाको चिनोसहित सम्मान गरिएको थियो । यसैगरी नेपाल बालसाहित्य समाजको अध्यक्षमा निर्वाचित हुनु भएकोमा वरिष्ठ समालोचक प्रमोद प्रधानलाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ प्रदीप बमजन र गायिका कमला रिसालले गीत गाउनु भएको थियो । साहित्यकार किरणहजुर खड्काले संचालन गर्नु भएको सो कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाललगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीअनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडी, नारी साहित्य समाजकी अध्यक्ष गीता कार्की, सखी प्रतिष्ठानकि अध्यक्ष मन्जिला अनिल, चेतन कार्की प्रतिष्ठानका महासचिव मुरारि सिग्देल, साहित्यकारहरू जयदेव भट्टराई, ध्रुव मधिकर्मी, विना पोखरेल (अमेरिका), सावित्री श्रेष्ठ, डा. बुनु दाहाल, राज रजक, विक्रमभक्त जोशी, शान्ति रिसाल, रमेश दाहाल, उषा के.सी., मनिला वन्त, ईलु शर्मा, सुष्मा अंशु, हिमाल जि.सी. लगायतको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































