सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाबा

तिम्रो मुहार पढ्दै, छुट्याउँ पीर चिन्ता गर्लान् कुरा धरामा, आनन्द साथ निन्दा पाए सधैं भरोसा, भेट्ने छु लक्ष्य बिन्दु यात्रा गरौं धराको, मान्दै नदी हुँ सिन्धु !!

Nepal Telecom ad

इन्दिरा प्रयास :

बाबा समीप बन्दै, इच्छा सदैव बाँच्ने
आँखा अगाडि तिम्रो,पाऊँ मसाथ हाँस्ने
कर्तव्य यो अचम्मै,सन्तान भित्र तिम्रो
बन्नेछु मैं चिनारी, आधार मित्र तिम्रो !! ।१।

साथी म बन्छु बाबा, आनन्द भै रमाऊँ
लौरो बनेर तिम्रो, भारा म जो निभाऊँ
बाबा म देव मान्दै ,पूजा गरौं सचित्र
मेरो अनन्य मित्र, नाता बुबा पवित्र ।२।

खोल्दै म जान्छु साङ्लो,संसार झुक्छ हेरी
भन्लान् हुँ रत्न तिम्रै, ल्याई बिहान फेरि
ठेलाहरू नि दुख्लान्, छाती पिटेर रुन्छौ
सोध्दै छु मर्म तिम्रो , पीडा सहेर सुन्छौ !! ।३।

तिम्रो मुहार पढ्दै, छुट्याउँ पीर चिन्ता
गर्लान् कुरा धरामा, आनन्द साथ निन्दा
पाए सधैं भरोसा, भेट्ने छु लक्ष्य बिन्दु
यात्रा गरौं धराको, मान्दै नदी हुँ सिन्धु !! ।४।

यो जन्म सिद्ध मेरो, बन्दै छ सत्य मान्छु
सन्तान प्रेम प्यारो, हौ देव धन्य ठान्छु
मात्रै म दिन्छु बाबा, यी शब्दहार एक
जन्मौं बनेर तिम्रै, होलान् जुनी अनेक !! ।५।

०००
सानोठिमी, भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीपन

बुढ्यौलीपन

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
बा

बा

इन्दिरा प्रयास
कर्मचारी

कर्मचारी

इन्दिरा प्रयास
भानु जयन्ती

भानु जयन्ती

इन्दिरा प्रयास
भन के छ भाइ ?

भन के छ भाइ...

इन्दिरा प्रयास
भो जीवनी बन्जर (६)

भो जीवनी बन्जर (६)

हेम अधिकारी
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने