साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा

तिम्रो मुहार पढ्दै, छुट्याउँ पीर चिन्ता गर्लान् कुरा धरामा, आनन्द साथ निन्दा पाए सधैं भरोसा, भेट्ने छु लक्ष्य बिन्दु यात्रा गरौं धराको, मान्दै नदी हुँ सिन्धु !!

Nepal Telecom ad

इन्दिरा प्रयास :

बाबा समीप बन्दै, इच्छा सदैव बाँच्ने
आँखा अगाडि तिम्रो,पाऊँ मसाथ हाँस्ने
कर्तव्य यो अचम्मै,सन्तान भित्र तिम्रो
बन्नेछु मैं चिनारी, आधार मित्र तिम्रो !! ।१।

साथी म बन्छु बाबा, आनन्द भै रमाऊँ
लौरो बनेर तिम्रो, भारा म जो निभाऊँ
बाबा म देव मान्दै ,पूजा गरौं सचित्र
मेरो अनन्य मित्र, नाता बुबा पवित्र ।२।

खोल्दै म जान्छु साङ्लो,संसार झुक्छ हेरी
भन्लान् हुँ रत्न तिम्रै, ल्याई बिहान फेरि
ठेलाहरू नि दुख्लान्, छाती पिटेर रुन्छौ
सोध्दै छु मर्म तिम्रो , पीडा सहेर सुन्छौ !! ।३।

तिम्रो मुहार पढ्दै, छुट्याउँ पीर चिन्ता
गर्लान् कुरा धरामा, आनन्द साथ निन्दा
पाए सधैं भरोसा, भेट्ने छु लक्ष्य बिन्दु
यात्रा गरौं धराको, मान्दै नदी हुँ सिन्धु !! ।४।

यो जन्म सिद्ध मेरो, बन्दै छ सत्य मान्छु
सन्तान प्रेम प्यारो, हौ देव धन्य ठान्छु
मात्रै म दिन्छु बाबा, यी शब्दहार एक
जन्मौं बनेर तिम्रै, होलान् जुनी अनेक !! ।५।

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
धान दिवस तथा असार पन्ध्र

धान दिवस तथा असार...

इन्दिरा प्रयास
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x