साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महात्यागी

म त्यागीको, महात्यागीको छिटोभन्दा छिटो अलौकिक संसारमा सवारी चलोस् भन्ने कामना गर्दछु । उहाँको त्याग बिहारको लालुको जस्तै छ । यति बोल्न परेकोमा मेरो जीवनलाई धिक्कार छ ।

Nepal Telecom ad

धनराज गिरी :

एक समारोह, साहित्यिक जस्तो देखिए पनि राजनीतिक बढी छ । नेता “इमानकुमार भोले” को सम्मानको कार्यक्रम छ । नागरिक अभिनन्दन “महात्यागी” को पगरी, दिनेले दियो ।

“यस्तो भ्रष्टलाई पनि केको सम्मान ?” एक लाल युवा ।

“यो देशमा सम्मान हुने नै यस्तै फटाहा, हेपाहा, वन्चकलाल, भ्रष्टको हो । फेरि गतिलो को छ ?”
अर्को चर्को जियाद्रो पत्रकार ।

यता खासखुस चलिरहेको छ, उता मन्चमा भव्य तैयारी । उद्घोषणको जिम्मा कुमारी “जयनेपाल लालसलाम घण्टीको” सबै औपचारिकता निर्वाह गरेपछि कुमारी,

“अब हाम्रा देशप्रेमी, महात्यागी धननायक, नेताजीको बारेमा आफ्नो असारगर्भित साउन वर्जित मन्तव्य दिन आउनुहुन्छ प्रोफेसर गोरबोर घोटाला मस्को रिटर्न फसादेश्वर म्महादेव !”

एक पात्र भीडबाट ! “अब दे दनादन !” लेखरामसित अविरल यात्री ।
“अब मेरो भिनाजुको फेला पर्ने भयो यो नोस्टाल्जिया !” पादरी रिचार्ड पीटर ।

“यस्तो निर्दोष जीवनले के भन्लान् र ?” उदयनाथ बुकोपाध्याय पाठक ।
—-

“आदरणीय नभने पनि हुने, देखिने बाहिरी सज्जनहरू, आजको यो तामझाम सहितको अनुत्पादक कार्यक्रममा बोल्न विवश हुँदा म भित्र भित्र छटपटिएको छु । यो देशमा जे जे हुन्छ, अक्सर, उल्टो हुन्छ । धनराज नाम हुनेहरू, अक्सर, सुदामा भएजस्तै, यी इमानको जीवनमा एक सेकेन्ड पनि यिनको साथमा इमान रहेन । यिनी त्यागी, महात्यागी, त्यागे, गाउँ त्यागे, झुपडी त्यागे, शहर छ, महल छ, हरेक बिहान मलमुत्र त्याग्ने, त्यागी, पहिले दुःखमा बिहे गरेको पत्नीलाई त्यागे, आफ्नै कार्यकर्ता मिस वल्र्ड “जूना” सित धुमधाम बिहे गरे, त्यागे ! धेरै त्यागे । पुराना इमान्दार मित्रहरू त्यागे । यति धेरै त्यागी त यो दुनियाँमा अर्को जन्मिन्न । सम्पूणर् गरिबी त्यागे ! अभाव त्यागे ! साइकल त्यागे । यिनको त्यागको वणर्न मेरो मितवा प्रोफेसर शेषनागेश्वर महादेवले त गर्न सक्दैनन् भने, म बबुरो, यो मान्छेको बारेमा यति बोल्न पर्दा मलाई अति सकस भएको छ, जगदीश घिमिरेलाई जस्तै । म त्यागीको, महात्यागीको छिटोभन्दा छिटो अलौकिक संसारमा सवारी चलोस् भन्ने कामना गर्दछु । उहाँको त्याग बिहारको लालुको जस्तै छ । यति बोल्न परेकोमा मेरो जीवनलाई धिक्कार छ ।”

“ताली, ताली, ताली । नेताजी बेहोश, एम्बुलेन्स आयो ।”

“नेताजीको, महात्यागी नेताजीको निधन” समाचार आयो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x