साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला- २२)

त्यस्तै छन् अझ भोजनालय अहा ! जम्मा हुँदै बान्धव । गर्ने भोज विभिन्न पर्वहरूमा राम्रा सुनौला स्थल ॥ कस्तो दीर्घ विचार हो अघि यहाँ ती योजनाकारको । देख्दैनौँ क्षमता नयाँ परिधिमा विज्ञानका सारको ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(राजधानीका शिल्प कला हेरौँ)

कस्ता आलय छन् महानगरमा अग्ला पुराना ! अहो ।
लागे यी शत वर्ष दोबर उता निर्माण कल्ले गर्‍यो ॥
साथैमा अझ यो वसन्तपुरका सारा पुरातात्त्विक ।
साँच्चै सुन्दर काष्ठमण्डप कला यो क्षेत्रका वैभव ॥१०६॥

त्यस्तै शोभन इन्द्रचोक गतिलो सौन्दर्यको सार छ ।
बस्ती भव्य हुँदा घना घनघटा मान्छे सदा व्यस्त छ ॥
आयो सर्जक एक यो परिधिमा बोकेर कापी अब ।
थाल्यो लेख्न कला भरेर कविता दृष्टान्त हेर्दै सब ॥१०७॥

झन् ढुङ्गे युगमा छँदा जनहरू शिक्षा थियो दुर्बल ।
कस्ता शिल्प कला थिए मनुजमा आश्चर्य लाग्ने तर ॥
गाह्रो थाम निदाल वा दलिनमा कत्रो भरोसा थियो ।
थामेको छ तला तला अझ तला यो बुद्धि कल्ले दियो ? ॥१०८॥

ढोका झ्याल विचित्र चित्र गतिला हानेर बुट्टा हरे ।
यत्रो हिम्मत गर्न सक्छ र नयाँ विज्ञानका सारले ?॥
यस्ता यी मनविज्ञ पूर्वजनमा भत्ता तथा हाजिरा ।
कस्तो रेट थियो तथा तलबको कस्तो थियो तर्जुमा ॥१०९॥

चौकी चोक विशेष पार्क गतिला ! विश्राम गर्ने थल ।
चौतारी सुकला वगान रमिता बस्ने फलैँचा अब ॥
साथैमा कुल देवका घरसँगै त्यस्तै अरू मन्दिर ।
अड्डा भद्र समाजका कचहरी बस्ने बनाए घर ॥११०॥

त्यस्तै छन् अझ भोजनालय अहा ! जम्मा हुँदै बान्धव ।
गर्ने भोज विभिन्न पर्वहरूमा राम्रा सुनौला स्थल ॥
कस्तो दीर्घ विचार हो अघि यहाँ ती योजनाकारको ।
देख्दैनौँ क्षमता नयाँ परिधिमा विज्ञानका सारको ॥१११॥
(क्रमशः)

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x