साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा कान्छा बाको खबर केछ ?

अरुको डर थिएन कहिल्यै सातो उनले लिनेथे माया गरि गरि बोलाई पापा पनि दिनेथे । सधैं भन्ने गर्दथे पढ् पढ् लाग्थो कुरा हावाको सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

छैन भेट उनको मेरो काका बा वुढो हुनु भो होला
बितेका दिन सम्झि सम्झि अबत रुनु पो भो होला ।
आफ्नै उमेर ढल्किसक्यो तै पनि लाग्दछ माया उनको
सन्चो बिसन्चो के छ खबर मेरा कान्छा बाबाको ।

आफूले आफैलाई हेर्दछु चाउरी परेका गाला
के गरि भुलु मैले आफ्नै छ चालामाला ।
सोच्दैछु म पनित आखिर भोलि तेहि चालाको
सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको ।

काकाकै मायाले मलाई हेर तल्लिन बनाई दियो
मेरा घरजम सवै छहारी काकाबाट नै भयो ।
हुईंकाउथे गाडी र मोटर उमेर हुँदा उनको
सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको ।

वुढा भए होलान् अब त बस्छन् के गरि होला
आउँछ कि भतिज भनेर मन चाहिँ पक्कै रोला ।
ढिँडो कराईमा पकाउँथे रोटी पाक्दथ्यो तावाको
सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको ।

सक्दैनन् होला अब ता आँगन छ या फलैचा बार्दली
दुख भोग गरेका पहिले बस्छन होला मर्म लिई
रुन्छन् आँसु झर्छ होला अहिले सम्झेर त्यो कर्मको
सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको ।

परदेशी भए नि काका भेट्न आउने छु म
तिम्रो मुहारको झझल्को बसि मेटाउछु म ।
खान्थे खुवाउँथे मिठो तरकारी त्यो गाबाको
सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको ।

सम्झाई बुझाई गर्दथे मान्दैन थियौ पढ्नलाई
अघि सरिहाल्थे मेरा काका लौरी लि कुट्नलाई ।
भन्छस् तँलाई अझ पुगेन नगर कुरा हावाको
सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको ।

अरुको डर थिएन कहिल्यै सातो उनले लिनेथे
माया गरि गरि बोलाई पापा पनि दिनेथे ।
सधैं भन्ने गर्दथे पढ् पढ् लाग्थो कुरा हावाको
सञ्चो बिसञ्चो के छ खबर मेरा कान्छा बाबाको ।

मानेनौ पढ पढ भन्दा वुद्धि विवेक भएन
सोच्ने शक्ति कमिले गर्दा त्यता ध्यानै गएन ।
कति सम्झाउथे दिलमा हुन्थ्यौं नि हामी सानाको
सञ्चो बिसञ्चो के छ खवर मेरा कान्छा बाबाको ।

०००
९८४१४६४४५७
संयोजक, जेष्ठ नागरिक समन्वय समिति
सूर्यविनायक, बालकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x