साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नआउनू बिहान तँ

बिहान वन्दना भए दिवा हुनेछ मङ्गल बिहान घात कर्मले कहाँ हुने सुमङ्गल निशा अझै तनक्क हो नदे बिहान उम्रिन बिहान फूल चुँड्दछन् कपालमाथि लाउन ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

बिहानको बतास यो सदैव लाग्छ पातकी
लिएर काल हातमा सताउँदै छ घातकी
बिहान मर्दछन् सधैँ अबोध जन्त्तुका हुल
परेर दृश्य नेत्रमा सदैव हुन्छु व्याकुल ।१

छ नाम धर्म कर्मको निरीह फूल झारिने
अनाम देव देवता भनी छ जीव मारिने
म हेर्न सक्नु के यहाँ बिहान काटमार यो
प्रभो नदे बिहान यो अतीव भो प्रहारको ।२

रमाइलो भनूँ म के बिहान साँझ यत्तिकै
छ काटमार गाउँमा बजार रुन्छ उत्तिकै
दशा नहोस् कतै दसैँ रुवाउने प्रमाद यो
अनेक फूलको यसै दुखान्त झैँ बिहान यो।३

लिएर लोभको घडा तिमी पुगेर मन्दिर
चिताउँदै थियौ अरे दुसाध्य भाग्य जन्जिर
म जान्न जान्न भो त्यहाँ नआउनू बतास तँ
खराब भावना लिई नआउनू बिहान तँ ।४

तमिस्र भावना हुने बिहान मार हान्दछ
विषाक्त भावना हुने बिहान खार छान्दछ
बिहान नै दिवा कसो दुरुस्त चित्र खिच्दछ
बिहान योजना बुनी मनुष्य जाल थाप्दछ ।५

गरेर सापटी किने अनेक वस्तु सङ्ग्रह
विभिन्न खानपानका गरेर राख्छ आग्रह
बिहान शुभ्र सोचिए दिवा हुने मनोरम
शरद् छ आउँदो यता बिहानमा हुने भ्रम ।६

छ स्वाङ भित्र चित्तमा हिँडेर जान्छ मन्दिर
कहाँ भयो र चित्तमा सुभावना निरन्तर
बनावटी कुरा कतै न जोड धर्ममा यता
बिहान दुःख आँसुको नहोस् शरद् ममा क्षमा ।७

करोड लाखका कुरा बसे पिए सँगै सुरा
अनेक खण्ड मण्डका निकालिए जहाँ कुरा
शरीर आत्म एक हो भरेर पेट धर्म हो
सुनिन्छ वात शर्मको कता गएछ राम त्यो ।८

बिहान वन्दना भए दिवा हुनेछ मङ्गल
बिहान घात कर्मले कहाँ हुने सुमङ्गल
निशा अझै तनक्क हो नदे बिहान उम्रिन
बिहान फूल चुँड्दछन् कपालमाथि लाउन ।९

अबेर रात साँझमा पुगे कसोकसो घर
गरिष्ट भोजनादिले भएछ चित्त धर्मर
जताततै छ द्रव्यको विमोह मोह लस्कर
यही हुँदा बिहानमा चलेन उठ्न जाँगर ।१०

०००
भरतपुर – ५, चितवन
हाल : चिसापानी १- बैजनाथ, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x