साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बञ्जर (१६)

हाँसेका तनया सबै मिलनमा यो तीज प्यारो कति सारा दुःख भुलेर हर्षित भई आनन्द मिल्ने अति हेर्छाैँ वृद्ध बसेर गाउँघरमा तारा झलल्लै भए छोरी छैन कठै कटक्क मुटु भो पीडाश्रु वर्षा भए ॥

Nepal Telecom ad

हेम अधिकारी :

छोरी हुन् घरमा जहान सबमा प्रेमाश्रु बर्साउने
आमाका मनका ,पृया जनकका श्रीसूर्य झल्काउने
छोरीको मुखसम्म हेर्न नमिले मातापिता हुन् बरा !
नासी गर्भ विनास हुन्छ नि कठै! हे जन्मदात्री धरा ॥३०

आफन्ती जनका, छिमेक सबका ,छोरीहरू आउँदा
बाआमा खुस, ल्याउँदा अति मिठा राम्रा मिठाई सदा
क्या आनन्द खुले ,खुले सुमनझैँ छोरी भएकाहरू
झारी भल्भल आँसु धर्धर भयौँ छोरी बिनाकाहरू ॥३१

हाँसेका तनया सबै मिलनमा यो तीज प्यारो कति
सारा दुःख भुलेर हर्षित भई आनन्द मिल्ने अति
हेर्छाैँ वृद्ध बसेर गाउँघरमा तारा झलल्लै भए
छोरी छैन कठै कटक्क मुटु भो पीडाश्रु वर्षा भए ॥३२

जीर्णाेद्धार हुँदैन यो मन यसै, छोरी पियारी नभै
पानीनै नहुँदा नदी बगरझैँ सुख्खा भएको सधैँ
हाम्रो सभ्य समाज के हुन गयो उल्टो दिशामा गयो
अर्काको मतिमा निशिद्ध गतिमा आफैँ निसाना भयो ॥३३

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x