साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

छोरीले अपवित्रका नव घडा फोरेर फ्याँकेपछि बन्छ जीवन बल्लतल्ल हँसिलो सद्भाव राखेपछि यस्तो गौरव कर्म गर्न कहिल्यै सक्तैन कोही जन छोरीको छ निदान शक्ति दरिलो संसारकै कञ्चन ।

Nepal Telecom ad

कविराज घिमिरे :

छोरी

छोरीको भरपर्छ विश्व हँसिलो पार्छिन् भनी सन्तति
छोरीको गुणबाट दुर्जन हटी ज्ञानी हुनेछन् कति
छोरीले घर धान्दछिन् सहजले आत्मीयता भर्दछिन्
छोरीको बलबाट सिर्जन हुँदा सन्ताप यी चिर्दछिन् ।।१

नास्छिन् रोग अनेक झट्टसँगले मुस्कानका वेगले
पार्छिन् डाह समाप्त एक पलमा हेर्दा मिठो प्रेमले
के लेखूँ म रहस्य बुझ्न नसकी आश्चर्यमा छन् सब
छोरीमा छ अनन्त शक्ति मुटु नै पग्लिन्छ आफैँ जब ।।२

जो छन् पत्थर आँत धूलि मनका गल्छन् छिटै ती पनि
जो छन् घामट स्वाँठ धूर्त पनका जल्छन् छिटै ती पनि
टिक्तैनन् कहिल्यै असत् मन भए पर्छन् निचा दृष्टिमा
छोरीको कुभलो चिताउन पुगे वैलिन्छ यो सृष्टिमा ।।३

छोरीले रिस त्याग गर्छ कुभलो नासिन्छ आफ्नै मति
आमा हुन् अथवा वधू कि त उनी सासू गरून् ज्यादती
एकै हो जसले अधोमुख गरून् सप्रिन्छ के आलय ?
भन्छन् दुस्कर यी भनेर सबले टाढिन्छ आफ्नै वय ।।४

छोरीले अपवित्रका नव घडा फोरेर फ्याँकेपछि
बन्छ जीवन बल्लतल्ल हँसिलो सद्भाव राखेपछि
यस्तो गौरव कर्म गर्न कहिल्यै सक्तैन कोही जन
छोरीको छ निदान शक्ति दरिलो संसारकै कञ्चन ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x