साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध सबै हुन्, ईश समान

क्रमसित गर्दै श्रम दिनरात । समय बिताए, अनुभव साथ।। सहज बनाए, सब परिधान । वृद्ध सबै हुन् ईश समान।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सुन्दर भवमा जन्म दिलाए ।
आदर गर्दै बाँच्न सिकाए।।
सेवक बन्नु छ थाम्न इमान ।
वृद्ध सबै हुन् ईश समान।।१।।

वृद्ध र वृद्धा साथ भएमा।
मन्दिर हाम्रो हुन्छ घरैमा ।।
सुन हे घरका बाल जवान ।
वृद्ध सबै हुन् ईश समान।।२।।

सन्ततिलाई नित्यपलामा ।
जीवन धान्ने सत्य कलामा ।।
प्रेरक बन्ने साँझ बिहान
वृद्ध सबै हुन् ईश समान।।३।।

ज्ञान अथाह छ छैन हिसाब।
भित्र सफापन सत्य निसाफ।।
छैन कसैसित कटु,अभिमान।
वृद्ध सबै हुन् ईश समान।।४।।

कत्ति नहेरी प्रतिफल,अन्त ।
अनुचर भन्दै ग्रीष्म वसन्त ।।
कति पर फाले, छैन निसाना
वृद्ध सबै हुन् ईश समान।।५ ।।

क्रमसित गर्दै श्रम दिनरात ।
समय बिताए, अनुभव साथ।।
सहज बनाए, सब परिधान ।
वृद्ध सबै हुन् ईश समान।।६ ।।

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x