साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध सबै हुन्, ईश समान

क्रमसित गर्दै श्रम दिनरात । समय बिताए, अनुभव साथ।। सहज बनाए, सब परिधान । वृद्ध सबै हुन् ईश समान।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सुन्दर भवमा जन्म दिलाए ।
आदर गर्दै बाँच्न सिकाए।।
सेवक बन्नु छ थाम्न इमान ।
वृद्ध सबै हुन् ईश समान।।१।।

वृद्ध र वृद्धा साथ भएमा।
मन्दिर हाम्रो हुन्छ घरैमा ।।
सुन हे घरका बाल जवान ।
वृद्ध सबै हुन् ईश समान।।२।।

सन्ततिलाई नित्यपलामा ।
जीवन धान्ने सत्य कलामा ।।
प्रेरक बन्ने साँझ बिहान
वृद्ध सबै हुन् ईश समान।।३।।

ज्ञान अथाह छ छैन हिसाब।
भित्र सफापन सत्य निसाफ।।
छैन कसैसित कटु,अभिमान।
वृद्ध सबै हुन् ईश समान।।४।।

कत्ति नहेरी प्रतिफल,अन्त ।
अनुचर भन्दै ग्रीष्म वसन्त ।।
कति पर फाले, छैन निसाना
वृद्ध सबै हुन् ईश समान।।५ ।।

क्रमसित गर्दै श्रम दिनरात ।
समय बिताए, अनुभव साथ।।
सहज बनाए, सब परिधान ।
वृद्ध सबै हुन् ईश समान।।६ ।।

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x