साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदर्शका छहारी

आधार जिन्दगीका बन्छन् समस्त वृद्ध दृष्टान्त लाख बोल्छन्, सिद्धान्त सर्वसिद्ध सेवार्थ खट्न पाऊँ हे राम हे मुरारि हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।

Nepal Telecom ad

कल्पना अधिकारी :

सन्ताननिम्ति आमा बाबा सदैव खट्छन्
जे जे परून् समस्या टार्दै अगाडि बढ्छन्
दिन्छन् अशेष माया कर्तव्यका पुजारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी।१।

संस्कार भाव भाषा सिक्छौँ अमूल्य हामी
पाएर सभ्य शिक्षा हिँड्छौँ सुमार्ग छानी
सर्वस्व त्याग गर्छन्, इच्छा हजार मारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी।२।

चासो र चित्त मात्रै सन्ताननिम्ति हुन्छ
हेलाँ गरे तिनैले आत्मा असाध्य रुन्छ
दिन्छन् अझै निकाली मानेर बोझ भारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी।३।

आँखा दिए उनैले बोली दिए उनैले
भाखा दिए उनैले गाना दिए उनैले
सम्मान मान पाऊन् वृद्धा नहुन् भिखारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।४।

आधार जिन्दगीका बन्छन् समस्त वृद्ध
दृष्टान्त लाख बोल्छन्, सिद्धान्त सर्वसिद्ध
सेवार्थ खट्न पाऊँ हे राम हे मुरारि
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।५।

०००

भक्तपुर बुढ्याैली साहित्य समाजकाे छन्द अभ्यासबाट सुटुक्क ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x