साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनी (आमा)

साधना र जपना खुब गर्छिन् । नातिनी सुत सुता गण ठान्छिन् ।। मातृ हुन् मनुजका भय तोड्ने । हुन् उनी सकलमा जय भर्ने ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

छिन् मुमा यदि भने खुस मिल्छ ।
वैरीको दमनको दल हट्छ ।।
मातृ हुन् सुत सुता मुटु ठान्ने ।
हुन् उनी सकलमा जय भर्ने ।।-१

प्रेमले जब मुमा शुभ छर्छिन् ।
गेहमा रहरिलो भर दिन्छिन् ।।
भोक कष्ट पिरमा पनि खट्ने।
हुन् उनी सकलमा जय भर्ने ।।-२

वृद्ध बालजनमा तन दिन्छिन् ।
साधुसन्तजनका मन जित्छिन् ।।
कामकाज घरका सब हेर्ने ।
हुन् मुमा सकलमा जय भर्ने ।।-३

खेत टार वनमा पनि पुग्छिन् ।
ती कुँडारभरिका फल टिप्छिन्।।
कामका बखतमा मरिमेट्ने ।
हुन् मुमा सकलमा जय भर्ने ।।-४

साधना र जपना खुब गर्छिन् ।
नातिनी सुत सुता गण ठान्छिन् ।।
मातृ हुन् मनुजका भय तोड्ने ।
हुन् उनी सकलमा जय भर्ने ।।-५

०००
बट्टार, नुवाकोट । हाल: बालाजु, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x