साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली नमस्कार

नसुन्ने हुने छन् नदेख्ने हुने छन् न बोली छ प्रष्टै न बास्ना लिने छन् नमानेर झर्को गरे जो सह्यार बुढ्यौली नमस्कार मेरो हजार ।।

Nepal Telecom ad

कविराज घिमिरे :

तपाएर आगो र खास्टो लपेटी
भगाएर जाडो तलै भित्रदेखि
सदानन्द पार्ने बुढ्यौलीहरूमा
नमस्कार मेरो विवेकी सबैमा ।। १

ठिकै मन्द तातो पियाएर पानी
तपुन् घाम नित्य मजाले बिहानी
सुनुन् देववाणी सुधा भक्ति गाना
न सेलाउँदैमा दिउन् शुद्ध खाना ।। २

सबै आङ ढाक्ने लुगा टम्म पारी
उडाएर ठन्डी र खोकी लघारी
परैबाट सर्दी भगाउन् जहान
यिनै ज्येष्ठ हाम्रा ठुला हुन् मुहान ।। ३

नहेपी कसैले बडो प्रेमसाथ
रमाएर पालुन् समाएर हात
बुढ्यौली सबैको उही हो धरौटी
मुसारेर दारी स्वयं घुम्छ भेटी ।। ४

नसुन्ने हुने छन् नदेख्ने हुने छन्
न बोली छ प्रष्टै न बास्ना लिने छन्
नमानेर झर्को गरे जो सह्यार
बुढ्यौली नमस्कार मेरो हजार ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x