साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमायाँ

वृद्धका साथले हट्तछन् दुर्गुण कामना पुग्दछन् बढ्दछन् सद्गुण जो बसी गर्दछन् दैनिकी चाकर वृद्धमाया लिने व्यक्ति छन् आदर ।।

Nepal Telecom ad

कविराज घिमिरे :

रम्दछन् वृद्धका आँतमा ईश्वर
निस्किँदै भाग्दछन् पापका डङ्गुर
स्पर्श गर्छन् जहाँ फक्रिँदै पालुवा
फुल्दछन् फल्दछन् वृद्धमाया सदा ।। १

वृद्ध हुन् बालका थालनी पूर्णता
दाग फाल्दै सधैँ ल्याउँछन् शुद्धता
ऊ परै देखिँदा हर्ष नै नाच्तछ
वृद्धमाया परे सिर्जना हाँस्तछ ।। २

वृद्धमाया घटी बिग्रिँदा सन्तति
पर्दछन् गर्तमा हुन्छ के उन्नति
प्रेम होस् वृद्धमा मिल्दछन् आसिक
कामना पुग्दछन् बन्छ जो आत्मिक ।। ३

वृद्धका पाउमा ढोगियोस् माथले
वृद्ध हाँसुन् बधू पुत्रका साथले
तिर्सना मेटियुन् वृद्धका जे पनि
पाउँछन् लोकले वृद्धमाया अनि ।। ४

वृद्धका साथले हट्तछन् दुर्गुण
कामना पुग्दछन् बढ्दछन् सद्गुण
जो बसी गर्दछन् दैनिकी चाकर
वृद्धमाया लिने व्यक्ति छन् आदर ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x