सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्य सङ्गम मकवानपुरद्वारा सम्मान घोषणा

मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । सङ्गमको मङ्गलबार बसेको बैठकले साहित्यकारहरू सम्मान गर्ने निणर्य गरेको हो ।

Nepal Telecom ad

मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । सङ्गमको मङ्गलबार बसेको बैठकले साहित्यकारहरू सम्मान गर्ने निणर्य गरेको हो ।

सङ्गमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका साहित्यकारलाई प्रदान गर्ने निणर्य गरेको छ ।

सङ्गमले वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान यसवर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निणर्य गरेको छ । भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै, साहित्य सङ्गम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निणर्य गरिएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गरिने भएको छ । साहित्यकार विशाल अधिकारी ( आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ । हाल अमेरिका निवासी मकवानपुरका बासिन्दा दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी-मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गर्ने निणर्य गरिएको छ । जसको राशी १० हजार रहेको छ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरिने निणर्य भएको छ । जसको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९-१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ ।

यसैगरी, शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९-१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिदै आएको छ । यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यस वर्षबाट स्थापना गरेको मुक्क्ति-तारा साहित्य पुरस्कार समिक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ । जसको राशी १० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने जनाइएको छ ।

सार्वजनिक गरिएका सम्मान तथा पुरस्कार कोभिड-१९ को संक्रमण न्यूनिकरण भएपछि विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सङ्गमकी अध्यक्ष न्यौपानेले ’शब्दपथ’लाई जानकारी दिइन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad