साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्पिको आत्मकथा

हामी चर्पिको कारण कसैको ब्यबसाय चलेको पाइन्छ । दोबाटोमा शौचालयको अड्को थापेर गाडी रोकेर पसल चलाउनेले मज्जाले कमाएका नै छन् । फोहरमा मोहर कमाउनेहरूले हामी चर्पिको सहयोगमा मनग्य कमाएका नै छन् ।

Nepal Telecom ad

कसैले पाइखाना भने कसैले टट्टीखाना भने, कसैले शौचालय त कसैले चर्पि भने । अझ अंग्रेजीमा त ट्वाईलेटदेखि के के भने के के । तर हजुरका सभ्यतासँग मेरो आत्मकथा जोडिएको छ । हजुरका खानपानको हरेक साक्षी हामी नै त हौं नि ।

धेरै अघि जिल्लाको फूलबारी मन्चमा एक भाषण हुँदै गर्दा एक जना नेताले यसरी कुर्लिएका थिए— यहाँका मानिसहरू सारै सफा सुग्घरी छन्, वातावरण हरियाली, सफा, सुन्दर र सुरम्य छ, यहाँको मानिसहरू अत्यन्तै सुन्दर ठाउँमा बस्न पाएका छन् । यहाँ जति स्वच्छ वातावरण त कहिँ पनि छैन, अरु कुरा त के यहाँ हग्न बस्दा पनि हिमाल देखिन्छ … । देख्नु भयो त, आचि बस्दा पनि हिमाल हेर्ने हाम्रो सभ्यता र हामी नेपालीको नियति र कुन समाजको प्रतिनिधित्व गरिरहेका छौं भन्ने ?

चर्पी भन्नु एक प्रकारको गोदाम कोठा नै हो, जहाँ थन्क्याउने काम गरिन्छ । तर थन्क्याएका कुराले हजुरको ईतिहास नै बोल्दछ तर तपाईले पत्याउने भए पो ?

केही बर्ष अगाडि एकजना नेताज्यूले हामी चर्पिलाई खुब बेइमानी गर्नु भयो । उहाँ सँधै आएर ठसठस कन्दै सुनका डल्ला बड्कुल्याउनु हुन्थ्यो । मुख्य गरि उहाँ बिदेश गएर आएपछि हामी चर्पीलाई सुनका डल्ला छप्लङ्ग हुँदा निकै सकस पथ्र्यो तर मानिस त अचम्मको हुँदो रहेछ, पैसा र सुन र बहुमुल्य कुरा चर्पिमा खस्दा हामीलाई खोतलखातल पारेर आफ्नो कन्जुस्याँईको परकास्ठामा बाँच्न सक्ने रहेछ ।

तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र उनको कर्मचारी मोनिका लेवेन्स्किीको यौनको कर्तुत हामी चर्पीले साक्षी बस्नु परेको थियो । उनका चर्तिकलाको फेहरिस्त हामीलाई थाहा छ । कतिसम्म खुलेर, भुलेर र घुलेर यौन क्रियाकलापमा यिनीहरू मस्त हुन्थे भन्ने प्रमाण हामी चर्पिले बोकेका थियौं । कसैको पापको प्रमाण हामी चर्पिले बोकेर बसेको तपाईलाई थाहा नहुन सक्छ । होला हामी भलै बोल्न नसकुम्ला तर हामी बोल्न सक्ने हुँदो हो भने यहाँका बहुमत मानिसको गलत क्रियाकलापको हरेक प्रमाणलाई उजागर गराउन सकिन्थ्यो ।

अस्ति एक जना ज्वाईँ ससुराल आउँदा टिकाटालो पश्चात कुँदेर चर्पिमा पो छिरे, मैले उनको चर्तिकला हेरिरहेको थिएँ, उनी चर्पिमा शौच बस्न आएका थिएनन् बरु उनको सोच खामखाममा कति रुपैया छ भन्ने हेतु पो रहेछ बरै देख्नु भयो नि ? मोरो कम्ति मज्जाको त हैन, बेला बेलामा नवविवाहित श्रीमतीलाई चर्पिमा नै ल्याएर चुम्मा गर्न निकै खप्पिस पो रहेछ ।

कतिपय झुट हुने कुरा चर्पिलाई बनाइयो । अस्ति जुवा खेलाडीलाई समात्दा जुँगेवाला प्रहरीले नेतालाई चर्पिमा नै लुकाएर अरुलाई समातेर गयो भन्या ..। त्यति मात्र हैन एक घरकी मालिक्नीले ओभरटाइमा काम गर्दा पल्ला घरको केटा बेलाबेलामा चर्पिमा बसेर निकै सकस काट्दछ अनि मालिक्नीको मालिकको आँखा छलेर आफ्नो घरको बाटो ईजार समाउँदै जान्छ ।

हामी चर्पिहरू केही खाँदैनौं तर खानेहरूले यति धेरै दुर्गन्धित बनाउँछन् कि भनि साध्य नै छैन । रक्सि खान्न भन्नेहरूले पनि यहि चर्पिमा आएर तुक्र्याएपछि पिसाबको गन्धले रक्सि खाएको नखाएको थाहा पाउन सकिन्छ किनकी कहिलेकाहीँ यिनीहरू चर्पिमा नै आएर लुकेर रक्सि सुक्र्याउने र तल तुरुक्क तुक्र्याउने गरेको पाइन्छ ।

हामी चर्पिको कारण कसैको ब्यबसाय चलेको पाइन्छ । दोबाटोमा शौचालयको अड्को थापेर गाडी रोकेर पसल चलाउनेले मज्जाले कमाएका नै छन् । फोहरमा मोहर कमाउनेहरूले हामी चर्पिको सहयोगमा मनग्य कमाएका नै छन् अझ चर्पिको भित्रको जम्मा भएको कुरा निकालेर मल बेच्नेले पनि कमाएकै छन् ।

एक पटक मैनाली थरका झापाका मानिस शिक्षामन्त्री बन्दै थिए, सिँहदरबारमा सपथ खान जान पर्ने भयो तर सुर्वालको तुना नै चुँडेर हराएपछि उनी हामी चर्पिको सहायतामा उनले आफ्नो जननाङ्गको इज्जत राख्न सफल भएका थिए । तसर्थ हरेक चर्पिले मानिसको इज्जत बचाई दिएको छ । जमानामा पनि चर्पिमा ढिँडो टाँसिएको छ कि छैन हेरेर मात्र केटालाई केटी जुराउने चलन थियो । यदि ढिँडो टासिएको भए छोरीले कोदो खान पर्छ भनेर नदिने चलन थियो भने ढिँडो नटाँसिएको भए छोरी सहजै दिइन्थ्यो रे ।

गाउँमा एक जना बुढा बा थिए, उनलाई हगुवा बा भनिन्थ्यो किनकी उनी पातीको बुच्कामा समातेर दिसा निर्देश गर्दा गर्दै पातीको बुच्का नै उप्केर डाँडाबाट लडेर तल पुगेछन् अनि उनलाई हस्पिटल लगेर उपचार गराउनु परेको थियो । पछि उनैको अगुवाईमा खुल्ला दिसा मुक्त क्षेत्रको घोषणा पनि गरिएको थियो ।

यौटा कुरा अचम्मको छ है, बिकसित देशहरू कुन देशको कुन ठाउँमा कस्तो सामरिक ठाउँ छ, कतिजना सैनिक छन्, कस्ता हतियार छन् भनेर स्याटेलाइटबाट निगरानी गर्छन् तर हाम्रो देशको सरकार यतिसम्म निरिह छ कि कस्को घरमा चर्पि छ र छैन भन्नेसम्म हेक्का राख्दैन । अझ हामीलाई चर्पिमा निवृत्त सिकाउनु पर्छ, हात धुलाउन सिकाउनु पर्छ । खै आजसम्म चर्पिले सभ्यता बोकेको कुरा कसैलाई थाहा नभएको हो र ?

सुदूर पश्चिममा चर्पिले छाउपडीको सुन्दर इतिहासलाई आत्मसात गरिरहेको पाइन्छ किनकी सरकारी र गैह्रसरकारी संस्थाले खुल्ला दिशामुक्त र छाउपडी मुक्त गाउँ बनाउने सिलसिलामा परम्परागत चर्पि र छाउगोठ भत्काए तर पछि कच्ची घरको अगाडि ढलानयुक्त चर्पि बनेकोमा मानिसहरूलाई चर्पि बस्न सकसक लाग्यो अनि त्यसैलाई छाउगोठ पो बनाए । वाह, यसले छाउपडीलाई पो झन् संस्थागत गरेको पाइयो ।

हामी चर्पिको गन्धे कुरा सुनेर हजुर पाठकलाई चर्पि जान मन त लागेन ? ल है चर्पि जाने ब्रेक, तारेमाम् !

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x