साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्वालको समीक्षा

आफैले राखेको प्वालमा खेल्नेभन्दा मसिना प्वाल भेटेर खेल्ने चाहिँ झन सिपालु हुने गर्दछ ।

Nepal Telecom ad

जेसुकै जुनसुकै कामहरू गर्दा होस, गरिएको होस् वा भविष्यमा गरिने योजना होस् तिनमा जताततै देखिने नदेखिने प्वालहरू प्रसस्तै हुन्छन् । कुनै प्वाल अलि ूठुला हुन्छन र देखिन्छन् तर कुनै प्वाल नाङ्गो आँखाले नदेखिने हुन्छ तर प्वाल चाहिँ हुन्छ । मानिसको शरीरमा पनि देखिने प्वालहरू र नदेखिने प्वालहरू हुन्छन् । देखिने प्वालहरूको र नदेखिने प्वालहरूको महत्व आ-आफ्नै हुन्छन् । तिनका व्याख्या सान्दर्भिक रहेनन् । जहाँ सान्दर्भिक होलान् त्यहाँ व्याख्या गरौंला ।

नेपालको विकास निर्माणको लागि योजना छनौंटदेखि लिएर प्रपोजल, प्रपोजल स्वीकृति, ठेक्कापट्टा र कामदारको छनौंटसम्म नै प्रसस्तै प्वालहरू हुन्छन् । यस्ता प्वालहरू कुनै जानिबुझी राखिएको र कुनै अन्जानवस नै रहेका हुन्छन् । जानिजानी राखिएको प्वालमा योजनाकारहरू आफै खेल्ने गर्छन् भने अन्जानमा नै परेका प्वालहरूमा अर्को खुराफाती छिरेर मज्जैले खेल्दछ । आफैले राखेको प्वालमा खेल्नेभन्दा मसिना प्वाल भेटेर खेल्ने चाहिँ झन सिपालु हुने गर्दछ ।

प्वाल र छिद्रहरूमा खेल्न पल्केको मान्छे ह्वाङ्ग उदाङ्गो प्वालमा खेल्न रुचाउँदैन किनकी उदाङ्गो प्वालमा खेल्न खेलाडी पनि उदाङ्गो नाङ्गो हुनुपर्छ । यसरी उदाङ्गो नाङ्गो हुँदा सबैले देख्ने र बुझ्ने हनाले खेलाडीलाई नदेखिने गरी खेल्नुमै मज़ा हुन्छ । पानी एउटा यस्तो तरल पदार्थ हो जुन ठूलो प्वालबाट त ह्वाल्ल छिर्छ नै मसिना छिद्रे प्वालबाट पनि रसाएर निस्किन्छ । खान र खेल्न पल्केकाहरू पानी झै छिद्रे प्वालमा पनि रसाउँछन् । ठूला प्वालबाट छिर्ने पानी बाड़ी बन्छन् भने छिद्रे प्वालबाट छिर्ने पानीले जमिन धसाउँछ अनि पैह्रो लडाउँछ ।

त्यसैले, हरेक प्वाल चाहे त्यो ठूलो होस् वा छिद्रे होस्, त्यसको पटक पटक समीक्षा गर्न जरुरी पर्दछ । समीक्षा गर्नेले पनि प्वाल अनुसारको नै समीक्षा गर्नु बान्छनीय हुन आउँछ । ठूलो प्वालमा समीक्षक भित्रै छिरेर समीक्षा गर्न सक्छन् तर पानी मात्रै रसाउने प्वालमा समीक्षक भित्रै छिर्न खोज्छन् भने पनि कुरा बिग्रिनजान्छ । पल पलकों समीक्षाले नतिजा निकाल्न सहज हुनुपर्ने हो । तर यता केही समयको पल पलकों समीक्षाले त्यति राम्रो अझ भन्दा सकारात्मक नतिजा ल्याउला जस्तो छैन । यी प्वाल समीक्षाका समीक्षकहरूको बुद्धि बेलामा बौरिसोस् ।

(नोटः यसमा एम.सी.सी.लाई पनि जोडेर हेर्न सकिन्छ ।)

२०७८ फाल्गुन १३ गते सुक्रवार
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x