साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुखका मालिकहरू !!

ए बुद्धुहरू हो ! रुख ढल्दा तिमीहरू कहाँ ठडिन सक्छौ ? रुख नहुँदा कस्को छहारीमा बस्छौ ? अस्तित्वभन्दा अभिमान ठूलो होइन दम नासेर दम्भ बाँच्दैन ।

Nepal Telecom ad

काँधमा बन्चरो बोकेर
रुखको शितल छहारीमा
थकाइ मारिरहेका छन्
तथाकथित रुखका मालिकहरू ।

मानौ,
रुख उनीहरूको बपौति हो
बाबुको अंशको क्षेत्राधिकार हो
त्यसैले जे गरे पनि हुन्छ
काटे ताछे लछारे पनि हुन्छ
आफूभित्र दागाधारी अभिमान बोकेर
दम्भको मदिरा धोकेर
रुखकै शितल छहारीमा
थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू ।

रुख, मात्रै रुख होइन
प्रकृति हो, जीवन हो, प्राण हो
आश्रय हो, संसारको सम्मान हो
एउटा रुख ढल्दा
हजारौ जीवको आँत सुक्छ
मान्छेको मात्रै होइन
ईश्वरको पनि मन दुख्छ
पहाडमा पहिरो जान्छ
तराईलाई खडेरीले खान्छ
तर
निरुद्देश्य निस्प्रयोजित
समयको घोडा चढेर
दलालको अंगालोमा अघि बढेर
रुख मास्ने योजनामा
काँधमा बन्चरो बोकेर
रुखकै छहारीमा
थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू ।

ए बुद्धुहरू हो !
रुख ढल्दा तिमीहरू कहाँ ठडिन सक्छौ ?
रुख नहुँदा
कस्को छहारीमा बस्छौ ?
अस्तित्वभन्दा अभिमान ठूलो होइन
दम नासेर दम्भ बाँच्दैन
तर पनि
यो दुनियाँलाई सकेसम्म दोहन गरेर
मोज मस्तीलाई जिन्दगीको अर्थ भरेर
रुख नास्न अधिकार पाए झैं
रुखकै शितल छहारीमा थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू !

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x