सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यमपुरीमा मतदान !

तर अब हाम्रो निणर्यको दिन हो । मतदान गरिसकेपछि सकियो, त्यसैले मतदान गर्नुभन्दा अघि स्वर्ग र नर्क छुट्याएर मात्र राम्रालाई मतदान गरौँ ।

Nepal Telecom ad

एकजना नेता मरेपछि यमपुरी पुगेछन्, त्यहाँ यमराजले उनको भव्य स्वागत गरेछ । त्यसपछि यमराजले भनेछ- म चाहन्छु हजुरलाई स्वर्ग वा नर्क लानुभन्दा अघि तपाईं एकपल्ट दुईटै ठामको राम्रोसँग अवलोकन गर्नुस्, जहाँ हजुरलाई बस्नका लागि अनुकुल हुन्छ त्यहीँ बस्न सक्नुहुनेछ ।

त्यसपछि यमराजले यमदूतलाई बोलाएर भनेछ-. हाम्रो नेतालाई एकदिनको लागि नर्क लिएर जाऊ, अनि एकदिन स्वर्गको पनि भ्रमण गराएर ल्याऊ । यमदूतले नेतालाई नर्क लिएर गएछ, नेता नर्कको अवस्था देखेर अचम्ममा परेछन् । चारैतिर हरियो घाँस रैछ, जहाँ उनले गल्फ मैदानमा उनका पुराना साथीहरू गल्फ खेलिरहेको देखे । उनले आफ्ना पुराना साथीहरूलाई भेटे, अनि रातभरि विगतका कुराहरू गर्दै रक्सी पिएर आनन्द लिए ।

भोलिपल्ट यमदूतले नेतालाई स्वर्गको भ्रमणमा लिएर गयो । जब उनी स्वर्गको द्वारमा पुगे, ढोका आफैँ खुल्यो । नेताले त्यहाँ देखे… चारैतिर उज्यालो छ, त्यहाँ भएका सबै मान्छेहरू शान्त छन्, कोही पनि एकआपसमा कुरा गरिरहेका छैनन्, मधुर संगीतको धुन बजिरहेको छ, सबै आआफ्ना काममा व्यस्त छन्, उनले एकदम मजाले अवलोकन गरे र मुस्किलले एकदिन जसोतसो बिताए ।

नेताले यमराजलाई भने “हुन त स्वर्ग पनि आनन्ददायक छ, शान्त छ तर मेरो लागि त्यहाँ समय बिताउन मुस्किल हुन्छ । त्यसैले मलाई नर्कमै लानुस् । त्यहाँ मेरा साथीहरू पनि छन्, एकदम आनन्द आउँछ ।” त्यपछि यमराजले उनलाई नर्कमा पठाउने आदेश दियो ।

यमदूतले नेतालाई लिएर जब नर्कमा पुग्यो, त्यहाँको दृश्य देखेर नेता छक्क परे । त्यहाँ पहिलेकोजस्तो अवस्था थिएन । एकदमै बञ्जर भूमि, जहाँ फोहोरको डङ्गुर मात्र थियो । उनले त्यहाँ आफ्ना साथीहरूको बिजोग देखे, जहाँ एकदमै फाटेका र मैला लुगाहरू लगाएर साथीहरू फोहोर बटुल्दै थिए । त्यो सब देखेर नेता डराए । यमदूतले डरलाग्दो हाँसो हाँस्दै नेतालाई सोध्यो- “के भो नेताजी ?”

नेताले भने- मैले केही बुझ्न सकिनँ, हिजो जब म यहाँ आएको थिएँ त्यतिबेला यहाँ चारैतिर घाँसे मैदान थियो । मेरा सब साथीहरू गल्फ खेलिरहेका थिए । फेरि उनीहरूसँग बसेर मैले रक्सी पिएर पनि मोज गरेको थिएँ । आज यहाँ सब फोहोरको डङ्गुर मात्र छ । मेरा साथीहरूको अवस्था नि नाजुक छ । यो सब के हो ?”

यमदूतले मुस्कुराउँदै भन्यो- नेताजी ! हिजोसम्म हामी चुनाव प्रचारमा थियौँ, आज हजुरले हाम्रो पक्षमा मतदान गरिसक्नु भएको छ ।

मतदान गर्नुभन्दा अघि एकपल्ट सोंचौँ । हिजोसम्म सबैजना चुनाव प्रचारमा थिए, अनेक कुरा गरेर यमदूतले हामीलाई लोभ्याएका थिए । तर अब हाम्रो निणर्यको दिन हो । मतदान गरिसकेपछि सकियो, त्यसैले मतदान गर्नुभन्दा अघि स्वर्ग र नर्क छुट्याएर मात्र राम्रालाई मतदान गरौँ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे