साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिया एक रूप अनेक

चियाको मौलिक अस्तित्वलाई स्थापित गर्नुपर्छ । लट्ठ्याउने झोल अथवा रक्सीले चियाको मान्यता पाउन लाग्यो भने हाम्रो भावी पिँडी बर्बाद हुनेछ ।

Nepal Telecom ad

चिया सम्भवतः सर्बाधिक मान्छे ले रुचाइएको पेय पदार्थ हो । चियाले मस्तिष्कका कोषलाइ सक्रिय बनाएर मान्छेको लोसेपनलाई हटाउने काम गर्छ । चिया खाएपछि फूर्तीफार्ती नै बेग्लै । प्रायः मान्छेहरू दिनमा दुइपटक चिया खाने गर्छन् । विवाहित पुरूषहरूले श्रीमतीको हातबाट बिहानको चिया बिस्तरामै खाएर आफ्नो दिनको सुरुवात गर्छन् भने अविवाहित पुरुषहरूलाई त्यो अवसर त्यति जुर्दैन । महिलाको हकमा भने त्यसरी पिउन सोझी बुहारीकी अलि कडा खालकी सासू नै हुनुपर्छ सायद ।

चियाका थुप्रै ब्राण्ड हुन्छन् तर हरेक ब्राण्डको एउटै साझा उद्देश्य हुन्छ मान्छेलाई मानसिक तथा शारीरिक थकान हटाउनु ।

चिया के धनी के गरीब, के बालक के बृद्ध सबैले रुचाउँछन् । मलाई यति कुरा थाहा छ, चियाको लामो इतिहास छ । तर मान्छेले कहिलेदेखि चिया पिउन थाले भन्ने कुरा थाहा दिनु मेरो काम होइन । सुरुमा कसले चिया पियो भन्ने बताउने विशेषज्ञता पनि मैले हासिल गरेको छैन । तर चिया, चिया नै हो । यसको आफ्नै विशिष्ट पहिचान छ ।

हिजो आज चियाको परिभाषा निकै झ्याङ्गिएको छ । चियापत्ती र चिनी पानीमा केहीबेर उमालेपछि उक्त उमालेको पानीले चियाको रूप धारण गर्छ । त्यसमा दूध मिलाएपछि मिल्क टि अनि कागती राखेपछि लेमन टि हुन्छ भन्ने मेरो बुझाइले हिजोआज हावा खाएको छ । एक कप चिया खान रू. २० वा २५ ले पुग्नु पर्ने हो तर चिया खानकै लागि भनेर पाँच सय, हजारदेखि, दुई चार लाखदेखि करोडौ रकमसम्म मागेको वा दिएको मैले आफ्नै मट्याङ्ग्रे आँखाले देखेको छु, यी कानले सुनेको छु । कुनै परिस्थितिमा म आफै त्यसको सिकार भएको पनि हुँला ।

हिजोआजको चिया अलि लट्ठयाउने खालको हुन्छ । त्यो चिया पियो कि लठेब्रोमा पनि तार्किक क्षमता बृद्धि हुन्छ ।
अनपढलाई पनि अङ्ग्रेजी फुर्छ । नास्तिकले पनि महादेव पार्वती तथा कृष्ण र राधाको महिमा गान गाउन थाल्छ । दक्षीणपन्थी पनि बामपन्थी बन्न थाल्छ भने बामपन्थीले दक्षीण पन्थको बाटोमा नै अधिक आनन्द र जीवन जिउनुको सार भेट्छ । चिया खान जाम भनेर यदि तपाईंसँग कसैले प्रस्ताव राख्छ र यदि तपाईंले चिया पसलमा नै लग्नु भयो भने तपाईं उसको नजरमा ग्वाँक ठहरिनु भयो । उसलाई यदि तपाईंले लट्ठ्याउने सामग्री ख्वाउने पसलमा लग्नु भयो भने मात्र बल्ल उसले आफ्नो मन पेट तपाईं सामु खोलिदिन्छ । मनपेट मात्र होइन आन्द्राभुँडी ओकेली दिन्छ अर्थात् भनौं सबै साँचो सत्य बोली दिन्छ । यो हो आधुनिक चियाको कमाल ।

तर प्रश्न कहानिर छ भने चियाको त्यो परिभाषालाई नै बदल्ने स्वाँठहरूलाई गम्भीर अनुसन्धानको दायरामा ल्याएर कडा भन्दा कडा उपचार गर्नुपर्छ । चियाको मौलिक अस्तित्वलाई स्थापित गर्नुपर्छ । लट्ठ्याउने झोल अथवा रक्सीले चियाको मान्यता पाउन लाग्यो भने हाम्रो भावी पिँडी बर्बाद हुनेछ । चेतना भया नत्र काशी गया !

०००
२०७९/७/२२
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x