साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टीठ लाग्दो !

टीठ लाग्छ नेता देख्दा कुर्सी मात्र तिनले ताक्दा कहिले बढ्ला युवा पाइला युवा नबढी के देश बन्ला ?

Nepal Telecom ad

दिक्क लाग्छ नेता देख्दा
अचम्म छ तिनलाई लाज नलाग्दा
आर्यघाट नपुगेसम्म
कुर्सी चाहिने कस्तो अचम्म !

सोझासीधा जनता छली
आफू गर्छन् ढलीमली
किन्ने भोट पाएसम्म
पद नभए तिनको ईज्जत रहन्न

प्रधानमन्त्री हुनैपर्ने
भोटलाई मात्र दैलो चहार्ने
जितेपछि देश भाडमै जाओस्
देशै भोलि रहोस् नरहोस्

युवा छरिए विदेश भरी
दुख गर्छन् मरी मरी
५० डिग्रीमा लाश झैँ बनी
पठाउँछन् पैसा देशलाई भनी

टीठ लाग्छ नेता देख्दा
कुर्सी मात्र तिनले ताक्दा
कहिले बढ्ला युवा पाइला
युवा नबढी के देश बन्ला ?

०००
जनवरी, २०२२
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x