साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चेतन कार्कीको सम्झना गरियो

काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, सस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न

Nepal Telecom ad

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)ले आज २०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, सस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्‍यो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ सस्कृतिविद डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रम चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)की अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी संरक्षक श्रीमती गंगा कार्की, वरिष्ठ साहित्यकार डा. महेश्वर शर्मा, वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, वरिष्ठ इतिहासविद डा. सुरेन्द्र के. सी.लगायतले चेतन कार्कीको योगदानबारे चर्चा गरेका थिए ।

यसैगरी सस्थाका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलाले स्वागत मन्तव्य, सदस्य राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश र महासचिव मुरारि सिग्देलले कार्यक्रमको सन्चालन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ नायकहरू कृष्ण मल्ल र सरोज खनाल, वरिष्ठ नायिका भुवन चन्द थापा, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चेतन कार्की प्रतिष्ठान गण्डकी समितिका अध्यक्ष दुर्गा शाह बाबालगायत विशेष अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा गायिका रितु कडेल, गायिका विमला राई र चर्चित गायक नारायण ओलीले चेतन कार्कीका चर्चित गीतहरू गाएका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x