निर्वाचन प्रचार सामाग्री

म उमेदवार हैन !

(निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक उमेद्वारको बन्दसूचीमा नरनाथ लुइँटेलको नाम समावेश छ । तर त्यो नरनाथ म होइन । एउटा नरनाथले टिकट पाउने अर्को नरनाथतिर बधाइको ओइरो थामिनसक्नु भएपछि बाध्य भएर  लेखिएकाे हाे यो कविता।)

(निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक उमेद्वारको बन्दसूचीमा नरनाथ लुइँटेलको नाम समावेश छ । तर त्यो नरनाथ म होइन । एउटा नरनाथले टिकट पाउने अर्को नरनाथतिर बधाइको ओइरो थामिनसक्नु भएपछि बाध्य भएर  लेखिएकाे हाे यो कविता।)

म त हुँदै हैन हजुर चाकडीको चेलो
न त मैले गरेको थेँ टिकट पाउने मेलो
फित्कौलीको फिटिकफिटिक दैनिकी छ काम
उमेद्वारमा कताबाट छिर्‍यो मेरो नाम ?

मुग्लिनको बाटोतिर खसेजस्तो पहिरो
ओइरिएको ओइरियै छ बधाईको ओइरो
उमेद्वार कता हुनु म त हुँदै हैन
भन्छु तर कोही किन पत्याउँदै छैन ?

बालुवा र गिटी व्यापार मैले कहाँ गरेँ ?
आँगनमा डोजर गाडी खडा कहाँ गरेँ ?
बलात्कार काण्डतिर जोडिएकै छैन
यो योग्यता नभैकन टिकट पाइँदैन ।

बधाई दिन घरै आउँछे साली रमाउँदै
साला जेठान आए फेरि माला समाउँदै
भन्छन् सबै हजुरको बल्ल आयो पालो
अँगालोमै बेरिँदै छ मेरो कान्छो सालो ।

के फसाद आइलाग्यो भन्छु हैन हैन
टिकट मैले पाको छैन, यो त हुँदै हैन
न त मैले गुन्डा पालेँ, न गुन्डा नै परेँ
टिकट पाउँ भन्दै मैले न चाकडी गरेँ ।

बन्द सूची भित्र रेछ हजुरको नाम
भन्छन् सबै लौन गरुँ खाने पिउने काम
खोला बिनै न त मैले पुल कतै हालेँ
हप्तावारी बुझाउने न त डन पालेँ ।

यस्तो हरितन्नमले टिकट कहाँ पाउँछ ?
बेफ्वाँकमा बधाईको ओइरो किन आउँछ ?
घरमै आउँछन् फलफूलको बोकी बोकी झोला
लठुवालाई यस्तो फसाद किन पर्‍या होला ?

टिकट पाउँछ एउटाले बधाई खाने अर्को
लोकतन्त्रे चुनावले लगाइसक्यो झर्को
संसदतिर आगो बाल्ने सांसद पनि हैन
टिकट पाउने उम्मेद्वार म त हुँदै हैन ।

०००
१९ कार्तिक २०७९
फित्कौली अड्डा, कलङ्की

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
भोट के मा ? बन्चरोमा !!

भोट के मा ?...

नरनाथ लुइँटेल
भर्‍याङ नभएर

भर्‍याङ नभएर

नरनाथ लुइँटेल
देवकोटालाई सम्झँदै

देवकोटालाई सम्झँदै

नरनाथ लुइँटेल
फोहर-राजनीति !!

फोहर-राजनीति !!

नरनाथ लुइँटेल
भोट के मा ? बन्चरोमा !!

भोट के मा ?...

नरनाथ लुइँटेल
भर्‍याङ नभएर

भर्‍याङ नभएर

नरनाथ लुइँटेल
देवकोटालाई सम्झँदै

देवकोटालाई सम्झँदै

नरनाथ लुइँटेल
फोहर-राजनीति !!

फोहर-राजनीति !!

नरनाथ लुइँटेल