साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहकारीको फिला !

अनि घुटुक्क थुक निल्दै तीन सयका नोटका साथ दुई पुुरिया बिस्कुट लिएर बाबुनानीलाई काखमा च्याप्दै घरतिर लागियो । हो नि ! ‘सहकारी त हाम्रै हो’ तर सहकारीको फिला चाहिँ ककसको भागमा परेछ कुन्नि !!

Nepal Telecom ad

एउटा बचत सहकारीमा बाबुनानीको खाता खोलेका थियौँ । पैसा उठाउन आउने नानीले तीन दिनअघि नै सहकारीको साधारणसभा छ भन्दै दुईटा कुपन छोडेर गएकी थिइन् । कुपनमा खानपिन र यातायात खर्च लिन कुपन अनिवार्य रहेको कुरो उल्लेख थियो । साधारणसभाको भेन्यु अलि राम्रै पार्टी प्यालेसमा रहेकाले यातायात खर्च त त्यस्तै हो, आज कुखुराको फिला चैँ राम्रैसँग तानेर आउनुपरो भन्ने सोचेर सपरिवारै साधारणसभामा गइयो ।

‘सहकारी हाम्रो हो’ भन्ने अपनत्वको भावनाले होला कि, मेरो जस्तै ‘फिला-मोह’ले हो, थाहा भएन । तर साधारणसभामा बाक्लै सहभागिता थियो । भित्र हलमा औपचारिक कार्यक्रम चलिरहँदा बाहिर लामै लाइन लागिसकेको थियो । पक्कै खानपिनको लाइन होला भनेर म पनि लाइनको अन्तिममा उभिएँ । तर लाइन सर्दै नसर्ने । पक्कै खानाको भेराइटी धेरै भएकोले लाइन नसरेको होला भनेर अनुमान लाउँदै थिएँ । जे भए पनि ढिलोचाँडो पालो आइहाल्छ नि भन्दै मुख मिठ्याउँदै धैर्य गरेर बसेँ ।

जब पालो आयो, तब टेबलमा खाने कुरा केहि दृष्टिगोचर नै भएन । त्यसको ठाउँमा नाइट बसको अगाडिको सिसाभन्दा पनि ठूलो चस्मा लगाएकी एउटी नानी कलम कापी लिएर बिराजमान थिइन् । पक्कै त्यहाँ नाम दर्ता गरेर अर्को कागज लिएर खानपिन गर्न हलतिर जाने होला भनेर लख काटेँ ।

ती नानीले मेरो कुपन लिइन्, कागजमा नाम दर्ता गरिन् अनि एउटा पहेँलो खाम हातमा राखिदिइन् । अनधिकृत व्यक्तिले यस्तो भिआइपि ठाउँमा भएको साधारणसभामा प्रवेश नपाउन् भनेर आयोजकले चलाएको कडा नियम होला भन्ने लाग्यो । अनि मनभरी कुखुराको फिला र मुखभरी आएको पानी घुटुक्क निल्दै खामभित्र हात छिराएँ । लौ आयो कुपन भनेर बाहिर निकाल्दा सयका तीनवटा नोट निस्किए । यातायात खर्च लिने लाइन पो रहेछ ।

“अनि खानपिन चैँ कता त नि ?”, भनेर मुखै फोरेर ती नानीलाई सोधेँ । ती नानीले चिया बिस्कुटको काउन्टरतिर इसारा गरिन् ।

सत्य राम… राम… ! नयाँ साल नलाग्दै अप्रिलफूल भएको महशुस भयो । अनि घुटुक्क थुक निल्दै तीन सयका नोटका साथ दुई पुुरिया बिस्कुट लिएर बाबुनानीलाई काखमा च्याप्दै घरतिर लागियो ।

हो नि ! ‘सहकारी त हाम्रै हो’ तर सहकारीको फिला चाहिँ ककसको भागमा परेछ कुन्नि !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x