साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जँड्याहा भन्या जँड्याहा नै हो

एक्लै खाए नि, पार्टीमा खाए नि बसाउने खाए नि, गनाउने खाए नि गिलासमा खाए नि, बोतलै खाए नि ह्याप्पी होलीमा खाए नि, होली वाइन नै खाए नि जँड्याहा भन्या जँड्याहा नै हो ।

Nepal Telecom ad

केटाले खाए नि, केटीले खाए नि
झोलेले खाए नि, ब्रिफकेसले खाए नि
भिखारीले खाए नि, करोडपतिले खाए नि
बाउले खाए नि, छोरोले खाए नि
साँझ परेपछि खाए नि, दिउँसै खाए नि
पाँचतारेमा खाए नि, भट्टीमा खाए नि
जँड्याहा भन्या जँड्याहा नै हो ।

मागेर खाए नि, तिरेर खाए नि
युवाले खाए नि, बूढाले खाए नि
बियोगमा खाए नि, मिलनमा खाए नि
नाफामा खाए नि, नोक्सानमा खाए नि,
दुःखमा खाए नि, उन्मादमा खाए नि
लोकल खाए नि, रेड लेबल खाए नि
जँड्याहा भन्या जँड्याहा नै हो ।

लुकेर खाए नि, देखाएर खाए नि
दिनदिनै खाए नि, कहिलेकाहीँ खाए नि
एक्लै खाए नि, पार्टीमा खाए नि
बसाउने खाए नि, गनाउने खाए नि
गिलासमा खाए नि, बोतलै खाए नि
ह्याप्पी होलीमा खाए नि, होली वाइन नै खाए नि
जँड्याहा भन्या जँड्याहा नै हो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहकारीको फिला !

सहकारीको फिला !

गौरव लुइँटेल
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x