सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जँड्याहा भन्या जँड्याहा नै हो

एक्लै खाए नि, पार्टीमा खाए नि बसाउने खाए नि, गनाउने खाए नि गिलासमा खाए नि, बोतलै खाए नि ह्याप्पी होलीमा खाए नि, होली वाइन नै खाए नि जँड्याहा भन्या जँड्याहा नै हो ।

Nepal Telecom ad

केटाले खाए नि, केटीले खाए नि
झोलेले खाए नि, ब्रिफकेसले खाए नि
भिखारीले खाए नि, करोडपतिले खाए नि
बाउले खाए नि, छोरोले खाए नि
साँझ परेपछि खाए नि, दिउँसै खाए नि
पाँचतारेमा खाए नि, भट्टीमा खाए नि
जँड्याहा भन्या जँड्याहा नै हो ।

मागेर खाए नि, तिरेर खाए नि
युवाले खाए नि, बूढाले खाए नि
बियोगमा खाए नि, मिलनमा खाए नि
नाफामा खाए नि, नोक्सानमा खाए नि,
दुःखमा खाए नि, उन्मादमा खाए नि
लोकल खाए नि, रेड लेबल खाए नि
जँड्याहा भन्या जँड्याहा नै हो ।

लुकेर खाए नि, देखाएर खाए नि
दिनदिनै खाए नि, कहिलेकाहीँ खाए नि
एक्लै खाए नि, पार्टीमा खाए नि
बसाउने खाए नि, गनाउने खाए नि
गिलासमा खाए नि, बोतलै खाए नि
ह्याप्पी होलीमा खाए नि, होली वाइन नै खाए नि
जँड्याहा भन्या जँड्याहा नै हो ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सहकारीको फिला !

सहकारीको फिला !

गौरव लुइँटेल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल