साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्तारोहण

ज्योतिसले कर्म, धर्म, चर्म, पर्म र मर्म दान गरेपछि मात्रै सूर्य आकर्षण बढ्ने बताएपछि उनले निधारमा हात राखेर भने । - “धोकाधडी ।”

Nepal Telecom ad

– “बिर्सियौ कि ? किन ?”
यो प्रश्नले संजयको दिमाग तिर्मिरायो । उनी अल्मलिए । बेला बेला उनको मानसमा आउने अहङ्कारको चट्याङले छटपटी दिन्थ्यो । ज्योतिसहरूले बेलाबेला उनलाई हैरान पार्थे ।

– “हजुरको सूर्य राम्रो छैन ।”
– “सूर्यकै आराधनामा थिएँ त !”
उनलाई बाँच्नका लागि सूर्य चाहिन्थ्यो । उनी सूर्यको आराधना गरेर जीवनभर बसिरहेका थिए । ज्योतिसको तर्क अप्रमाणित सत्य जस्तो लाग्थ्यो । एकदिनको कुरा हो । ज्योतिसले बैठक कक्षमै गएर भनिदिए ।
– “यसपाली सूर्य ग्रहण छ । हजुरलाई त्यसले निकै प्रभावमा राख्नेछ ।”

उनी रनक्क रन्किए । ज्योतिसलाई हपारे । बसेका सबै जर्‍याक जुरूक उठे । एक्लै कोठामा चिन्तन गर्न लागे । उनको जीवन सूर्यको आराधनामा बितिरहेको थियो । सूर्यको रापिलो ताप थिएन । बरू मनमा सन्ताप मात्रै थियो । संजयले फेरि ज्योतिससँग सोधे ।
– “चन्द्रमा कस्तो छ ?”
– “यसले जहिले पनि ज्योतिस शास्त्रअनुसार शीतलता मात्रै दिन्छ । त्यसैले यसको प्रभावमा पर्ने मान्छेहरूले शितलपाटी बस्नुपर्दैन ।”

संजयले त्यसपछि आफ्नो जन्मकुण्डली झिकेर ज्योतिसको अगाडि बजारे । ज्योतिसले जन्मकुण्डली पल्टाए । जन्मौतिमा उनको मूलिया परेको लेखेको रहेछ । संजय ज्योतिस अगाडि बर्बराउँदै कराउन थाले ।
– “जाली जन्मलग्न !”

ज्योतिसले कर्म, धर्म, चर्म, पर्म र मर्म दान गरेपछि मात्रै सूर्य आकर्षण बढ्ने बताएपछि उनले निधारमा हात राखेर भने ।
– “धोकाधडी ।”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x