साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली

कयौँ वृद्ध छन् युद्ध जारी गरेका महान् देशको शान आफैँ भरेका ती हुन् पौरखी वीर हाम्रा दरेका नहुन् वृद्ध कोही दशामा परेका ।

Nepal Telecom ad

बुढ्यौली कुनै रोग यो हैन भाइ
नबन्ने बुढो मानिसै छैन काहीँ
जहाँ हुन्छ आरोग्यको हाई-हाई
उहाँ पुग्छ आफैँ बुढ्यौली रमाई ।।१

जिए मिल्छ मौका धराधाम हेर्ने
लिँदै मेजमानी मिठो स्वाद फेर्ने
महत् प्रेमले बन्धु आफन्त बेर्ने
अहा ! तातले नातले साथ घेर्ने ।।२

हिँडेरै जता यष्टि टेकेर मैले
गरेकोछु चल्ती र फिर्ती मजैले
लिएकोछु स्वर्गीय आनन्द ऐले
गरे हुन्छ यो तथ्य चर्चा सबैले ।।३

सबै वृद्ध हुन् लोकका उच्च मल्लो
नहोस् वृद्धका मानमा लेश खल्लो
नहुन् क्वै कुनामा बसी एकडल्लो
नठानुन् कसैले कुनै वृद्ध झल्लो ।।४

सबै रीत आफ्ना बचाएर राख्ने
उचाल्दै गृहस्थी सुसंस्कार ढाक्ने
बुढाबाट नै हुन्छ सो काम हाँक्ने
दिने बुद्धि अर्ती दयाले नथाक्ने ।।५

कयौँ वृद्ध छन् युद्ध जारी गरेका
महान् देशको शान आफैँ भरेका
ती हुन् पौरखी वीर हाम्रा दरेका
नहुन् वृद्ध कोही दशामा परेका ।।६

०००
चाँगुनारायण न.पा.३, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x