साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काम न दाम खायो माम

फेरि बन्चरे र सिसडोलमा गिद्धहरू मडारिन थालेका छन् । हुन त गिद्धलाई प्राकृतिक मजदुर पनि भनिदो रहेछ तर हिजोआज त प्राकृतिक भन्दा पनि अप्राकृतिक गिद्धहरू धेरै छन् रे भन्ने सुनिन्छ ।

Nepal Telecom ad

सिर्जना गरिने रुपको काम श्रृजनात्मक काम, संरचना सहितको काम संरचनात्मक काम अनि रचना समेतको काम रचनात्मक काम भन्ने नै बुझिँदो हो । यी सबै कामहरूको पनि काम भने महाकाम हो । काम नगरिकन कुनै काम हुँदैन । काम हुनलाई पहिला काम गरिनु पर्दछ । काम गर्नलाई पनि काम हुनु पर्दछ । जब काम नै छैन भने के काम गर्ने ?

काम गर्नु माम हाम गरेजस्तो सजिलो पनि हुँदैन । हुन त माम हाम गर्न पनि पहिला काम गर्नै पर्दछ । काम नगरी त माम पाक्दैन । माम पकाउन पनि हामको लागि काम नै हो । यतिसम्म कि हाम गरेकोलाई पनि काम भन्ने चलन छ । म त भन्छु हाम त झन कामहरूको हजुरबाउ नै हो । काम गर्नलाई पहिला हाम गर्नुपर्छ । हाम नगरी कसरी काम गर्ने शक्ति प्राप्त हुन्छ ? त्यसैले हाम चाहिँ कामहरूको काम महाकाम हो ।

काम खासमा दुई किसिमका हुन्छन् । आफूले गरिने काम र खेतालोबाट गराइने काम । आफूले गरिने काम आफै गरियो भने आफ्नो कार्य क्षमताको मूल्याङ्कन आफैले एसिस्मेन्ट गर्न सकिने भयो । खेताला मार्फत गराइएको कामको एसिस्मेन्ट गर्दा राम्ररी जज्मेण्ट नहुन पनि सक्छ । पक्षको पोषण हुन पनि सक्छ । पक्षपोषण हुने काम अर्को थरी काम हो जुन कामलाई नाकाम पनि भन्न सकिन्छ । कामसँग दाम पनि जोडिएर आएको हुन्छ । काम नगरी बस्नेहरूलाई “कामदाम केही छैन बस्यो खायो माम” भनेर गाली गर्ने चलन छ । यसरी दामलाई पनि कामसँग जोडेर हेरिने गरिन्छ । हुन पनि दाम नभई कसरी काम हुन्छ ? काम गराउनेसँग दाम भएन भने कसरी काम हुन्छ ? दाम बेगर कसले काम गरिदिन्छ । कुनै कुनै मान्छेलाई आफ्नो काम फत्ते गराउन बीस बीस अर्वसम्म दाम खन्याउनु परेको साबिती वयान छ ।

काम पट्याउनको लागि मानिस विभिन्न थरीका नाटकीय तथा चटकीय काम समेत गर्न पछि पर्दैनन् । कसैलाई आफू बोलेको भरमा पनि ठुलो काम गरें कि भन्ने सम्मको भान पर्दो हो । काम चाहिँ भयो तर काममा सबै कामहरू भएर पनि केही काम छैन भनेको चाहिँ कस्तो काम हो भनेर चटकेसँग सोध्न ठुलै जमर्को गर्ने काम गरियो तर कतैबाट उत्तर आउने काम भएन । हुन त उत्तर भए पो आओस् । अर्काको नजरमा महाकामी बन्न कामको कुरा गर्ने, सिन्को चाहिँ नभाँच्नेको के कुरा गर्ने काम गर्नु ? बेकारको भाँजो हाल्ने काम ।

धेरैलाई के पनि लाग्न सक्छ भने बोल्नु मात्रै पनि काम हो । यदि यसो हुँदो हो भने हामीले जति बोल्न कसले जानेको छ र ? यति धेरै बोलक्कड भएको देशमा खै काम ? कि मैले मात्रै नदेखेको पो हो कि ? अर्कोले कामै गरेन भनेर रुन्चे स्वरमा कराउने काम किन गर्नु बरु फरुवा लिएर आफै काममा जुटे हुन्न र ? कामदाम छैन बक्यो बस्यो । मन्च र माइक पायो भने समय गएको पत्तो पाउनु छैन । बेफ्वाँकको गफ छाँट्यो, अर्काको उछित्तो काड्यो आफूले बर्बाद गरेको समयमा कतिको काम लठिभद्र भयो भन्ने हेक्का छैन ।

काम बहादुर भन्दा ठुला दाम बहादुर ती भन्दा पनि ठुला हाम बहादुर । आज भन्दा करिब २८ वर्ष पहिला
देशको पश्चिम सीमाना महाकालीमा हुन्छ भनिएको काम २८ वर्ष बितिसक्दा पनि कामको पत्तो राम्ररी खुट्याउने काम गर्न सकिएको छैन । भन्ने काम गरिए अनुसार वार्षिक रुपमा हुने आम्दानी १ खर्व २० अर्व दाम अहिलेसम्म कसले हाम पार्‍यो बुझ्न सकिएको छैन । २०५२ साल अघि महाकाली नदी पूणर् रुपमा नेपालको हो भन्ने बुझेको हो तर हामीले नै “महाकाली नदी साझा हो पानी आधा आधा हो” भनेर नारा लगायौँ र बाख्रीको पुच्छर काट्ने काम गर्‍यौँ । बोकोले लिंडे बाख्री पाएपछि के राख्थ्यो बाँकी । आखिर उसको पनि त काम नै हो ।

सिसडोल र बन्चरेतिर कति दाम झ्वाम भए लेखाजोखा छैन तर काम हेरेर अनुमान लगाउने काम गर्दा अचम्मसँग दाम हराएको एकिन गर्न सकिन्छ । दाम कसले हाम पार्‍यो र काम झ्वाम्म पानीमा डुबायो भनेर खोज्ने काम गर्न गोताखोर लगाउनु पर्ने हो तर गोताखोरको नाममा द्रब्य चोर नै पौडियो भने कसको के लागोस् । फेरि बन्चरे र सिसडोलमा गिद्धहरू मडारिन थालेका छन् । हुन त गिद्धलाई प्राकृतिक मजदुर पनि भनिदो रहेछ तर हिजोआज त प्राकृतिक भन्दा पनि अप्राकृतिक गिद्धहरू धेरै छन् रे भन्ने सुनिन्छ ।

अब यी कामहरू कसरी गरिन्छन् कुन प्रकारले गरिन्छन् त्यो हेर्न बाँकी छ । अन्तमा अहिले भाइरल बनेको बहाबको डाईलग “खैनी हैन चुरोट, खाने हो ? – चुप, चुप हैन चुप्पा, – खाने हो ? – चुप ।” तैँ चुप मै चुप !!

०००
गल्को पाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x