साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उज्यालोको बयान

सम्मान उपहार चिन्छु र दिन्छु- धरहरा उभ्याउछु घुम्टो/पर्दा उघार्छु चिनाउछु जगतमा म उज्यालो हुँ तपाईंलाई मेरो खाँचो छ मलाई तपाईंको खाँचो छ आउनुस् सँगै यात्रा गरौं उज्यालोतिर ।

Nepal Telecom ad

घामको झुल्कोसँगै-
जून जस्तै सितल
आँखा बोकेर आँखाभरी
उज्यालो भएर पनि
मध्य दिउँसो उज्यालो खोज्ने
म उज्यालो हूँ

अँध्यारो चिरेर उज्यालोतिर
लम्केको एउटा पथ हूँ
मधेसको भूमिबाट उदाएको एउटा रातो तारा हूँ

तिमी मेरो
विश्वास हौ-
तिमी हाम्रो स्वासप्रश्वास हौ

समग्र समाजलाई
सचना, मनोरञ्जन, चेतना र विवेकको उर्जाले
छपक्क ढाकेर गुञ्जने सङ्खध्वनि हूँ
र,
आवाजहरू, अनि आवाजहरूको नयाँ विहान हूँ

कोशीदेखि गण्डकीसम्म भनौ
पूर्वदेखि सुदूरपश्चिमसम्म
भुईंमान्छेका ओठमा
विहानी घामको लाली जस्तै छपक्क पोतिएर
सुन्दर देखिने म

यसरीनै फूल जस्तै मुस्कुराउन पाहिरहूँ सधैंभरि
यसरीनै रुवानी बनीरहूँ सधैंभरि

मिथिला, भावर, बज्जीका
जानकीको आवाज
बनिरहने म !
सेल्लेस फूल जस्तै फुलेको तिम्रा सपना
मेरो पृष्ठमा फुल्दा आनन्दित हुने म
उज्यालो हूँ

कोशी, बागमती, गण्डकी जस्तै
प्रवाहित भइरहने चुरेको फेदीदेखि तल- दशगजा
र, दशगजादेखि हिमाल
पुराब्रम्हाण्ड उज्यालो बाँड्दै
हिंड्ने म
उज्यालो हूँ

-तिम्रो गाँस काटिएको
-तिम्रो आवाज दबिएको
-तिम्रो बस्त्र च्यातिएको
-र, तिम्रो इज्जत लुटिएको
यी सबै-सबै परिघटनाको सग्लो तस्विर उतार्ने
न्यायिक कठघरा हुँ तिम्रो

म बिचारको ईन्धन हुँ
तिम्रो आवाज दविएको देख्न सकिन र,
आफै
कर्नाल, डम्फु, ट्यामका, झ्याली
मुर्चुङ्गा
दमाहा बनेर बिद्रोह गर्ने युगको
एउटा बाटोको उज्यालो बनेको हूँ

तिमीले देखेका हरेक सपनाको
पहरेदारी बनेर
प्रभातको किरण र,
– कपमा तिमीले पिउने टोकला चियाको चुस्कीसँगै
तिम्रो मस्तिष्क सुमसुम्याउन
तिम्रो घरको चिया टेवुलमा आइपुग्छु

र ,
सँगै
हरेक भुईंमान्छे,
जलचर,
थलचर,
उभयचर,
वनको आवाज- लौरो,
हरेक बैसाखीको- बैसाखी
चहर्‍याइरहेको घाउको मलम बनेर
कहिले चुहिने घरको छानो बनेर
हरेक मान्छेको मोबाइलमा समाचार बनेर
जूनको सितल/घामको झुल्कोसँगै
आइपुग्छु म
उ.. परदेखि परसम्म

मेरो जन्मदिनमा
अथवा/मेरो घरमात्र उज्यालो भएर पुग्दैन
मेरो घर भन्नू नै त
तपाईंको मुहार हो
तपाईंको मुहार उज्यालो हुनु भनेको

सन्तुष्ट हुनु हो

खास-खास विश्वाससँगै
म तपाईंको तेस्रो आँखा हूँ

सम्मान उपहार
चिन्छु र दिन्छु- धरहरा उभ्याउछु
घुम्टो/पर्दा उघार्छु
चिनाउछु जगतमा

उज्यालो हुँ

तपाईंलाई मेरो खाँचो छ
मलाई तपाईंको खाँचो छ

आउनुस् सँगै यात्रा गरौं
उज्यालोतिर ।

०००
बागमती नगरपालिका- ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सात हाइकु

सात हाइकु

जीवन आचार्य निश्चल
जुत्ताजहरू

जुत्ताजहरू

जीवन आचार्य निश्चल
एकजोर पुरानो जुत्ता

एकजोर पुरानो जुत्ता

जीवन आचार्य निश्चल
बालुवामाथि घर

बालुवामाथि घर

जीवन आचार्य निश्चल
बुढीऔँला

बुढीऔँला

जीवन आचार्य निश्चल
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x