साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ताजहरू

अँगार ओकल्छ अनि भन्छ कोइलाभित्र खोतल्नु हिरा भेटिन्छ । अनुहार नै कालो हुनेगरी तँछाड-मँछाड गर्दै काममा लागे वर्षौपछि काम पाएका छन् जुत्ताजहरूले ।

Nepal Telecom ad

जीवन आचार्य  निश्चल :

जदौ मालिक
मर्जिहवस्
सबेरै दौरा सुरुवाल र,
कोटको फेर समात्न आउनेहरू
आउछन् र मिठो ललिपप पाउँछन्
नआउने, नपाउनेहरु र्‍याल काड्छन् ।

खाइसिएला आनन्दले
हामी छँदै छौ
भनिसियो – जुत्ताजको बोल्ने शैली यहि हो ।

थोत्रो कमिज सुरुवाल र,
फित्ते चप्पल पटकपटक पटकाउँदै
जुत्ताजहरू खुट्टाको को फन्को लगाउँछन्
घाम नझुल्कदै ।

जुत्ताजहरू
आफैमा बेमेल छन्
जुत्ताजहरू मध्यकै जुत्ता हो उ
उसमा किन अहम छ ?

न्यायलयमा पनि
जुत्ता नै हेरिन्छ किन?
जुत्ताज हुनु, जुत्ता र खुट्टा हुनुमा फरक के ?
एकै कम्पनीको हो नि ।

अङ्ग रक्षक बनेर अघिल्तिर तेर्सिन्छन्
आफैले थापन्छन् अनेकचोट
र बचाउँछन् खुट्टालाई
अन्तिममा
खुट्टाले जुत्ताजका सबै सपना लक्ष्य ठाडै खान्छ र,
अँगार ओकल्छ
अनि भन्छ
कोइलाभित्र खोतल्नु हिरा भेटिन्छ ।

अनुहार नै कालो हुनेगरी
तछाड-मँछाड गर्दै काममा लागे
वर्षौपछि काम पाएका छन् जुत्ताजहरूले ।

०००
बागमती नगरपालिका- ११ कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात हाइकु

सात हाइकु

जीवन आचार्य निश्चल
उज्यालोको बयान

उज्यालोको बयान

जीवन आचार्य निश्चल
एकजोर पुरानो जुत्ता

एकजोर पुरानो जुत्ता

जीवन आचार्य निश्चल
बालुवामाथि घर

बालुवामाथि घर

जीवन आचार्य निश्चल
बुढीऔँला

बुढीऔँला

जीवन आचार्य निश्चल
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x