साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री ५ को महावाणी

हामीमध्ये कसैमाथि कसैले हिलो छ्याप्दा हामी भने अरिङ्गाल झैँ जाइलागौँ । साउन्ड सिस्टमको मिस्त्रीले नैतिकताको धेरै कुरो पचाउन सकेन । माइक बन्द गरिदियो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

सहरका नैतिकवानहरूको सभा बस्यो । एकसे एक नैतिकवानहरू आए । पाँच सर्वोत्कृष्ट नैतिकवानले नैतिकताको पाठ पठाउनु पर्ने थियो । छलफल सुरु हुन निर्धारित समयभन्दा डेढ घन्टा ढिलो भयो । वरिष्ठ नैतिकवानहरूले क्रमशः मन्तव्य राख्न सुरु गरे ।

श्री १ – तपाईंहरूले समयमा कार्यक्रम सुरु गरेको भए मलाई ढिलो हुन्थ्यो तर म ट्याम्मै पुग्ने मानिस हूँ । अब ट्याम्मै कार्यक्रम सुरु होस् ।

श्री २ – अ‍ैले मलाई हतार छ, कार्यक्रमको सप्पै निर्णयहरू म शिरोपर गर्दछु ।

श्री ३ – मलाई मात्र ढिलो भएको होइन रहेछ । यदि सबै जना ढिलो गर्दछन् भने हामी स्वतः नैतिकवान भइहाल्छौँ । समयमा नैतिकता नदेखाउने नैतिकवान होइनन् ।

श्री ४ – समयको कुरा छोडौँ । अहिले हामी नै समय हौँ । जसलाई नैतिक भन्छौँ, स्वतः नैतिक । जसलाई अनैतिक भन्छौँ, स्वतः अनैतिक । हामीले यसै गरी नैतिकता कायम राख्नुपर्छ ।

श्री ५ – सहरको नैतिकतामाथि हिलो छ्यापौँ । हामी यहाँ भेला भएकाहरूले मन नपरेकालाई सबैतिरबाट सामाजिक सञ्जालादिमा अनैतिक भनी प्रहार गरौँ । हामीमध्ये कसैमाथि कसैले हिलो छ्याप्दा हामी भने अरिङ्गाल झैँ जाइलागौँ ।

साउन्ड सिस्टमको मिस्त्रीले नैतिकताको धेरै कुरो पचाउन सकेन । माइक बन्द गरिदियो ।

०००
२९ मङ्सिर २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x