साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धमिलो पानी गतिलो माछा

ठूलै मान्छेको आड पाएर सरकारी अफिस थर्काउँथेँ होला गाउँले मान्छेको ढाड थपथपाएर काम हुन्छ भन्दै फर्काउँथेँ होला आफ्नालाई चाइना अमेरिका छिराउँथेँ होला ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

म पनि शहर पसेको भए
ठूलै मान्छे बन्थेँ होला
बडा हाकिमको किचन भित्रै बस्ने
चल्तीफिर्तीको गतिलै भान्छे बन्थेँ होला ।

लुसुक्क लुसुक्क चोर बिरालो जस्तो
क्याबिनेटको कुनाकुना पसेर
गोप्य योजनाहरु सुन्थेँ होला
खुसुक्क पर्खालपारिको महाजनकहाँ बसेर
निकै साखिलो हुन्थेँ होला
अफिसको ढड्डामा अड्डा जमाउँथेँ होला
सरकारी पर्खालभित्रको नक्सा कोपरेर
माल कमाउँथेँ होला
म पनि शहर पसेको भए ।

सप्तरङ्गी झल्लरी मञ्चमा चढेर
बहुरुपी नाटक गर्थेँ होला
कहिले यता कहिले उता
पालैपालो सर्थेँ होला
कहिले अफिस कहिले निवास
सुँघीसुँघी हिड्थेँ होला
को भित्रको को बाहिरको
छानीछानी चिन्थेँ होला ।
म पनि शहर पसेको भए ।

ठूलै मान्छेको आड पाएर
सरकारी अफिस थर्काउँथेँ होला
गाउँले मान्छेको ढाड थपथपाएर
काम हुन्छ भन्दै फर्काउँथेँ होला
आफ्नालाई चाइना अमेरिका छिराउँथेँ होला
नक्कली जग्गा रचना गरेर
सरकारी मुहाब्जा तिराउँथेँ होला
ब्रिफकेस चिन्थेँ होला
खोला छिन्थेँ होला
आश्वासन दिन्थेँ होला
गाडी किन्थेँ होला
आफन्त
गाउँ
सबैतिर सन्किन्थेँ होला
म पनि शहर पसेको भए ।

यसरी शहर पस्नेहरूले
दरबारको वरिपरि बस्नेहरूले
बाक्लो खरानी घस्नेहरूले
राज्यको सम्पति डस्नेहरूले
वर्षाैँदेखि
राजनीतिको धमिलो पानीमा माछा मारीरहेछन्
म पनि शहर पसेको भए… ?

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x