साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकजोर पुरानो जुत्ता

अझै पनि विजय जुलुस मनाएको सम्झेर सधैँ मुख बाएर बसिरहन्छ साक्षीका रूपमा माथि बर्दलीमा तुन्द्रुङ्ग झुन्डिएर एकजोर पुरानो जुत्ता । यात्रामा निस्कन नपाएर बेचैन छ एक जोर पुरानो जुत्ता ।

Nepal Telecom ad

सधैँ मुख बाएर बसिरहन्छ
माथि बार्दलीमा
एक जोर पुरानो जुत्ता
सधैँ चिन्तन गरिरहन्छ
आफ्नो हराएको
एक जोर खुट्टाको बारेमा ।

कहिले सिमलको रूख
कहिले साज, सखुवा, खयर
कहिले बयरको झाङ त
कहिले खरीको बोटमा झुन्डिएको
एक जोर पुरानो जुत्तामाथि
सधैँ शासकको त्रसित नजर पर्छ ।

जुत्ताहरूको आफ्नै जात छ
खुट्टाहरूको आफ्नै गीत छ ।

आफूलाई निल्न निस्केको
बाँसुरीको स्वर कुल्चदै
कहिले सडकको किनारैकिनार
कहिले जङ्गलैजङ्गल त
कहिले भीरैभीर हिँडेका सङ्घर्षका दिन सम्झिन्छ
र,
टकटक्याउँछ धुलोमाटो
टुँडिखेलको छातीमा
एक जोर पुरानो जुत्ता ।

जब फनफनी घुमेको कुमालेको चक्र हेर्दै
वर्तमानले सङ्गीत भरेर भविश्यको गीत गायो
एक जोर पुरानो जुत्ताले
अचानक सोचमग्न बन्यो शासक
झुन्ड्यायो जमुनाको बोटमा

निस्फिक्री बान्ता गर्‍यो भ्रमको गीत
जुत्ताको यो इतिहास
स्मृतिको बन्द एल्मबभित्र कैद छ ।

छातीमा थापेर गोली
समयको आँगनमा
लडेको छ निस्फिक्री
अचानोमाथि राखेर गर्दन
उज्यालो खोज्दै निस्केको हो ऊ सडकमा
आन्दोलन गर्न ।

मध्यदिउँसो टाँगिएको हो
एक जोर पुरानो जुत्ता,
धुपी र सल्लोको बोटमा ।

अझै पनि विजय जुलुस मनाएको सम्झेर
सधैँ मुख बाएर बसिरहन्छ साक्षीका रूपमा
माथि बर्दलीमा
तुन्द्रुङ्ग झुन्डिएर
एकजोर पुरानो जुत्ता ।

यात्रामा निस्कन नपाएर बेचैन छ
एक जोर पुरानो जुत्ता ।

०००
सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात हाइकु

सात हाइकु

जीवन आचार्य निश्चल
जुत्ताजहरू

जुत्ताजहरू

जीवन आचार्य निश्चल
उज्यालोको बयान

उज्यालोको बयान

जीवन आचार्य निश्चल
बालुवामाथि घर

बालुवामाथि घर

जीवन आचार्य निश्चल
बुढीऔँला

बुढीऔँला

जीवन आचार्य निश्चल
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x