साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

वन विज्ञान विश्वविद्यालय चितवनका शेरवहादुर साउद प्रथम, आदर्श मावि म्याग्दीका सन्दीप नेपाली दोस्रो, नेपाल कमर्स क्याम्पस, मिनभवन काठमाण्डौका मौसम आचार्य तृतीय तथा महेन्द्र मावि, सङ्खुवासभाका लक्ष्मी वानियाँ र एओएस एकादमी सुर्खेतका गिनीज अधिकारी सान्तवना स्थान ।

Nepal Telecom ad

खाँदबारी, २०८० मङ्सिर २९ नेपाल रेडक्रस सोसाइटी अन्तर्गत महेन्द्र मावि जुनियर रेडक्रस सर्कलको आयोजनामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भयो।

नेपाल रेडक्रस सोसाइटी, जुनियर युवा विभागको निर्देशन, नेरेसो सङ्खुवासभाको संयोजन र महेन्द्र मावि, मानेभन्ज्याङ्को आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

देशभरका विभिन्न जिल्लाबाट छानिएर आएका ५३ वटा लिखित कविता बिच एक कार्यक्रम सहित प्रतिस्पर्धा भएको हो। कार्यक्रममा नेरेसो सङ्खुवासभाका मन्त्री कृष्णचन्द्र श्रेष्ठ, सदस्य टीका गौली, सदस्य लक्ष्मी कार्की, महेन्द्र मावि सर्कलका संरक्षक मेदिनी घिमिरे र शिक्षक नायक रुद्र बोगटी उपस्थित थिए ।

युवा सर्कल तथा जुनियर सर्कलका कविताहरुबिच छुट्टा छुट्टै मूल्याङ्कन भएको कवितामा दुवै समूहका प्रथम,द्वितीय र तृतीय भएका छन्। जुनियर्सका कविताहरुमध्ये ओमशान्ति एकेडेमी चितवन सर्कलका भविशिखा श्रेष्ठ प्रथम, सिँहदेवी मावि नूनढाकी, सङ्खुवासभा सर्कलका युना शेर्पा द्वितीय, सिस्नेरी मावि सर्कल ललितपुरका जीवन शर्मा, गुल्मीका प्रशंसा अर्याल र काठमाण्डौका पवन साही सान्त्वना स्थानमा आएका छन्।

युवा सर्कलका कविता तर्फ कृषि वन विज्ञान विश्वविद्यालय चितवनका शेरवहादुर साउद प्रथम, आदर्श मावि म्याग्दीका सन्दीप नेपाली दोस्रो, नेपाल कमर्स क्याम्पस, मिनभवन काठमाण्डौका मौसम आचार्य तृतीय तथा महेन्द्र मावि, सङ्खुवासभाका लक्ष्मी वानियाँ र एओएस एकादमी सुर्खेतका गिनीज अधिकारी सान्तवना स्थान प्राप्त गर्न सफल भएका छन्।

कविताको शीर्षक”मानव सेवामा जुनियर युवाको भ”मिका” रहेको थियो। शब्द संयोजन, भाषातत्व, शैली, विम्व प्रतीक, गेयात्मकता र लयात्मकता तथा भाव तत्वका आधारमा मूल्याङ्कन गरिएको मूल्याङ्कन कर्ता ताराबहादुर बुढाथोकीले बताए। आगामी जुनयर युवा राष्ट्रिय गोष्ठीमा पुरस्कार वितरण गरिने कुरा आतिथ्य गर्ने सर्कलका संरक्षक मेदिनी घिमिरेले बताए।

कविताका मूल्याङ्कन समितिमा कविहरु ताराबहादुर वुढाथोकी, कृष्ण चापागाई र राजेन्द्र सर्वहारा रहनु भएको‌ थियो। यस प्रकारका प्रतियोगिताबाट विद्यार्थीमा लेखन सीपको साथै मानव सेवाको भावना बिकास हुने मूल्याङ्कन समितिका सदस्यहरुले बताएका छन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x