हरिप्रसाद पाैड्यालवृद्धको पीडा
हिजोअस्ति गाई म पाल्थेँ दुहुन्थेँ दही दूध नौनी म बाँडेर खान्थेँ बसे हात गोडा भएँ लौ अशक्त म थाकेँ अनेकौँ कथा छन् मभित्र ॥

हरिप्रसाद पौड्याल :
भएँ वृद्ध लौरो हिँडेको छु टेक्तै 
छ सासै बढेको छु ऐले म खोक्तै
झरे दाँत सारा गले हात पाउ
छ गाह्रो मलाई दुखेको छ घाउ ॥१
फुले केश सारा कुनै छैन काला
थिए गोलजस्तै सुके हेर गाला
कतै जानलाई छु ऐले अशक्त
म दाताहरूको भएको छु भक्त ॥२
म आँखा नदेख्ने भएको छु आज
र छोप्नै नसक्ने भएको छ लाज
गला लाग्न थाल्यो नखाइन्छ भात
निभेको म आगो हराएछ ताप ॥३
हिजोअस्ति गाई म पाल्थेँ दुहुन्थेँ
दही दूध नौनी म बाँडेर खान्थेँ
बसे हात गोडा भएँ लौ अशक्त
म थाकेँ अनेकौँ कथा छन् मभित्र ॥४
युवा जोश लाग्थ्यो म झैँ छैन शूर
भएँ आज निर्धो म साँच्चै निरीह
छ छाती दुखेको म छाम्दै छु धेर
म रोक्नै नसक्ने भएँ प्राण हेर ॥५
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest







































