साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यही राम्रो उपहार भो

चप्पल हान्छन् कतै, नयाँ जुत्ता हान्छन् आजकल यिनलाई यही राम्रो उपहार भो ।

Nepal Telecom ad

मरूभूमि नारायण :

हान्नु पर्ने मुक्का थियो चड्कन प्रहार भो
झ्याप्पै समाते बारुलाले न ऊ फरार भो ।

भगवान नै मादन्छन् भगवाननै भन्दछन्
भगवानकै निमित्त यौटा मान्छे भार भो ।

छैन कुनै पेशा जनमा छैन कतै रोजगारी
उर्लदो वितृष्णा सबैको मुख्य आधार भो ।

सालिक घेर्छन् साँपहरूले फनफनी बेरी
धर्मतीको जिन्दगी नै बन्चरोको धार भो ।

बच्नै गाह्रो विचरोलाई सेनामेना नबोकी
उसैले खोल्छ छाती जसको यहाँ हार भो ।

चप्पल हान्छन् कतै, नयाँ जुत्ता हान्छन्
आजकल यिनलाई यही राम्रो उपहार भो ।

हिजोसम्म त उनीहरू साथीभाइ नै थिए
तेही साथी नै आज अचानक जार भो ।

सुध्रिनु पर्छ अब जताततै आक्रोश बढ्यो
सुध्रिए बच्यो नत्र सिधै तोरीको अचार भो ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x