साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर्दा हेर्दै गएछ जवानी

उठ्न सक्ने शक्ति छैन उठ्छु भित्तो समाइ हात गोडा भासी सक्यो हिंड्छु घुँडा समाइ यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी ।

Nepal Telecom ad

यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी
कालो कपाल सेतो भयो फुल्यो जुँगा दारी
हिंड्न सक्ने शक्ति छैन टाढा भयो बारी
मुख पनि थोते भयो गयो सबै दाँत
सधैं भरी गला लाग्छ निलिंदैन भात
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी

गाउँ घरका साथी भाइले बुढो भन्न थाले
मेरै जस्तो उमेरमा टिकट काटे बाले
टाउको पनि सधैं दुख्छ नसा चर्काएर
परिवारले हेर्न लाग्छन् आँखा फर्काएर
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी

आँगन पनि पर भयो छिमेक भयो टाढा
उभिएर हिंड्न खोज्दा सोझिदैन ढाड
उठ्न सक्ने शक्ति छैन उठ्छु भित्तो समाइ
हात गोडा भासी सक्यो हिंड्छु घुँडा समाइ
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी

मुख बाट राल चुहन्छ पर्छ दौरा भरी
कतिन्जेल बाँच्ने होला सँधै यसै गरि
यस्तो दिन आउँछ भन्ने सोचिएन पहिले
अहिले यस्तो अवस्था भो खै के भन्नु मैले
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी

हुन्छ भने बा आमालाई राम्रो गर्नु सेवा
आफूलाई नि बुढेसकालमा मिल्नसक्छ मेवा
त्यही सिक्छन् सन्तानले हुन्छन् सधैँ राम्रा
नरकका पितृ पनि स्वर्ग जान्छन् हाम्रा
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी ।

०००
रत्ननगर- १०, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x