साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि सुवेदीका दुई कृति लोकार्पण तथा वृहत् मुक्तक काव्य वाचन

साहित्यकार वियोगी बुढाथोकी (काठमाडौं) द्वारा आफ्नो एउटा उत्कृष्ट मुक्तक रचना र व्यानरमा उल्लेख गरिएको विवरण वाचन गरेर कार्यक्रमको समुदघाटन गरिएको थियोे ।

Nepal Telecom ad

स्याङ्जा २०७९ यही चैत्र २५ वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजन तथा वालिङ प्रज्ञा प्रतिष्ठान, वालिङ नगरपालिका, स्याङ्जाको आयोजनामा युवाकवि युवराज सुवेदीको नवीनतम मुक्तक कृति ‘पृथक पाइला’ र ‘शान्तिदूतको अग्निपथ’ लोकार्पण भएको छ ।

प्रसिद्ध निबन्धकार शङ्कर लामिछाने जयन्तीका अवसर पारेर वालिङ, डुम्रीकोट, घुम्तीस्थित रेड पेपर पार्टी प्यालेसको सभाहलमा वृहत् मुक्तक काव्य वाचन समेत गरिएको थियो ।

वालिङ प्रज्ञा प्रतिष्ठानका संस्थापक संयोजक वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी (काठमाडौं) द्वारा आफ्नो एउटा उत्कृष्ट मुक्तक रचना र व्यानरमा उल्लेख गरिएको विवरण वाचन गरेर कार्यक्रमको समुदघाटन गरिएको थियोे ।

विशिष्ट आमन्त्रित व्यक्तित्व गण्डकी प्रदेशसभा सदस्य सरस्वती तिवारी, वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलीपप्रताप खाण, वरिष्ठ साहित्यकार डा. अच्युतशरण अर्याल, ज्याग्दिखोला साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार देवेन्द्र लम्साल, वरिष्ठ साहित्यकार लक्ष्मण थापा (कास्की), अग्रज साहित्यकार जीविका खतिवडा अश्रु ( सिक्किम) र अग्रज साहित्यकार ध्रुवप्रसाद शर्मा पङ्गेनीद्वारा सारगर्भित मन्तव्यसहित आफ्ना उत्कृष्ट रचना वाचन गरिएको उक्त समारोहमा वसन्त खनालद्वारा स्वागत मन्तव्यसहित रचना वाचन गरिएको थियोे ।

आमन्त्रित व्यक्तित्व तुलसीराम पुडासैनी, अग्रज साहित्यकार लेखनाथ काफ्ले, अग्रज साहित्यकार नारायणप्रसाद रेग्मी, रामचन्द्र भट्टराई, खगेन्द्र अर्याल, देवराज गैह्रे, मनिषा कोइराला, गीता पाठक, कमलप्रसाद बगाले, बाबुराम रेग्मी, सिजन अर्याल,स्मारिका अर्याल, पारिश्वर न्यौपाने, वसन्ती अधिकारी र आस्था पराजुली लगायतका महानुभावहरूद्वारा आफ्ना उत्कृष्ट रचना वाचन गरिएको थियोे ।

अभियानको तर्फबाट देवीप्रसाद वनवासी, वियोगी बुढाथोकी र जीविका खतिवडा अश्रुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

अभियानका संस्थापक सहयात्रीद्वय कवि वसन्त खनालद्वारा ‘पृथक पाइला’ मुक्तक सङ्ग्रह र युवाकवि शम्भु अर्यालद्वारा ‘शान्तिदूतको अग्निपथ’ कविता सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे भने युवा साहित्यकार लक्ष्मण वियोगीद्वारा युवराज सुवेदीको व्यक्तित्वमाथि प्रकाश पारिएको थियोे ।

समारोहको संयोजन तथा सहजीकरण अभियानका संस्थापक संयोजक मिलन समीरद्वारा गरिएको थियोे ।

०००
– स्याङ्जाबाट मिलन समीर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x